रौतहटमा युरिया मलको कालोबजारी: ठेकेदार र बिचौलियाले लुकाएको गुनासो

रौतहट । रौतहटमा मलको अभाव भएको छ । रोपाईँ गरेका किसानले खेतमा हाल्ने युरिया मल नपाउँदा समस्यामा परेका हुन् ।

युरिया मल ठेकेदार र बिचौलियाले खरिद गरेर लुकाएका कारण बजारमा मलको अभाव भएको कृषकहरुको गुनासो छ ।

सरकार बाट प्राप्त हुने सहुलियत दरको अनुदानको रासायनिक मल किसानसम्म नपुगी रौतहटका सहकारी संस्था र ब्यापारीकोमा पुग्ने गरेको छ ।

तीन वटा सहकारी संस्थाको मल बागमती बजारका राहुल खाद्य उद्योगका संचालक सत्यलाल साह मार्फत कालोबजारी हुने गरेको छ ।

कालोबजारी गरेको आरोपमा प्रहरीले ब्यवसायी साह र सहकारीका अध्यक्ष सहितका सञ्चालक समितिलाई कारबाही गर्ने भएको छ ।

नेपाल कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख रबी केशरी भन्ने फरार छन ।

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अनुदानको रासयनिक मलको दुरुपयोग गर्न नदिने र छानविन गरिने बताउनुभयो । – ईमेजखबर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments