अलैंची भारत निर्यात नहुँदा किसान निराश

पाँचथर । अलैंची निर्यात हुन नसक्दा पाँचथरका ब्यवसायी र किसान निराश बनेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनपछि अलैंची भारत निर्यात नहुँदा ब्यवसायी निराश बनेका हुन् ।

ठूलो परिमाणमा किसान र व्यवसायीको गोदाममा अलैंची थन्किएको अलैँची ब्यवसायी महासंघका उपाध्यक्ष नरेन्द्र अधिकारीले जानकारी गराउनुभएको छ ।

भारत निर्यात हुन नसक्दा कृषकले उत्पादन गरेको अलैँची समेत ब्यवसायीले खरिद नगर्दा कृषक निराश छन् ।

नेपालका ४२ भन्दा बढी जिल्लामा अलैंची खेती हुने गरेको छ । कृषि विभागको तथ्यांक अनुसारे १२ हजार एक सय २० हेक्टर क्षेत्रबाट अलैंची उत्पादन हुने गरेको छ ।

यसमध्ये ११ हजार तीन सय हेक्टर प्रदेश १ का पहाडी जिल्लामा रहेको छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments