दुध खाएपछि खान नहुने खानेकुरा, जानी राखौ

राम्रो स्वास्थ्य अनि क्याल्सियमको कमी पूरा गर्नका लागि दूध पिउन आवश्यक हुन्छ । केही मानिस चाहिँ दूधसँगै अरू कुरा पनि खाइदिन्छन् । त्यसो गर्दा स्वास्थ्यलाई हानि पुग्छ । छालामा समस्याका अलावा पेटसम्बन्धी समस्या पनि यसबाट आइलाग्छ ।

दुध पिएपछि यी चिजहरु खाइयो भने त्यो हाम्रो शरीरकोलागि विष पनि हुन् सक्दछ

:दुध खाएपछि बिर्सेर पनि दहीको सेवन गर्नु हुदै यसले एसिडिटी, ग्याँस, र उल्टीहुन् सक्ने सम्भावना रहन्छ । डाक्टरहरुले दुध खाएको एक डेढ घण्टापछि मात्र दहि खान सल्लाह दिने गर्दछन ।

:दुध खानु पहिला या पछि भरसक फलफुल खानु हुदैन किनकी दुधमा प्रशस्त पौष्टिक आहार पाइने हुनाले फलफुल खादा अपच हुने, उल्टी हुनसक्ने सम्भावना हुन्छ ।

:धेरै जसो मानिसहरु बिहानको नास्तामा दुधसँग ब्रेड बटर खाने गर्दछन जसले पेटलाई गह्रुङ्गो बनाउछ र पाचन प्रणालीमा असर हुन् सक्दछ, किनकी दुधलाई आफैमा पूर्ण आहार मानिन्छ ।

: दुध र माछा पनि संगै सेवन गर्नु हुदैन यसले शरीरमा ग्याँस, एलेर्जी, र छाला सम्बन्धि रोग लाग्न सक्ने सम्भावना हुन्छ ।

:दुधसँग मासको दाल र तिल पनि सेवन नगर्दा स्वास्थ्यका लागि राम्रो हुन्छ ।

:खनामा बेस्सरी खुर्सानी हालेर खाइरहनुभएको छ भने दूधबाट बनेको केही पनि कुरा नखानुस् । यसो गर्दा अपच अनि पेट दुख्ने समस्या जन्मिन्छ ।

:राति दूध र चनाको दाल नखानुस् । यी दुवै कुरा पच्न समय लाग्छ । राति यी दुई खाँदा पेटमा ग्यास भरिने र अपच हुने समस्या आइलाग्छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments