डल्ले (अकबरे ) खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदा

सामान्यतया नेपालीको दैनिक भान्छामा खुर्सानीको प्रयोग गरिन्छ । खुर्सानीका कति गुण छन् भने कति अवगुण । तर खुर्सानी भित्र पनि विभिन्न जात हुन्छन् ।

ती मध्ये यहाँ हामीले अकबरे अर्थात डल्ले खुर्सानीको बारेमा चर्चा गरेका छौं । हुन त अकबरे खुर्सानी अन्य खुर्सानीको तुलनामा निकै पिरो हुन्छ ।

नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरुमा निर्यात हुँदै आएको छ।

यो खुर्सानी जति पिरो हुन्छ उत्तिनै स्वास्थ्यका लागि फाइदाजनक पनि हेरौ फाइदा :
-अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ।

– खाना पचाउने काममा विशेष सहयोग पुर्‍याएको हुन्छ।

– माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ।

– कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ।

– कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्‍याउँछ।

– हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ।

– डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।

– शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्‍याउँछ।

– नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ।

– रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्‍याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ।

– ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ।

– पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्‍याउँछ।

– यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्‍याउँछ।

– एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्दत गर्छ।

कसरी गरिन्छ त अकबरे खुर्सानी खेती हेरौ :

अकबरे खुर्सानी खेती प्रबिधी र उपयोगिता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments