रुकुम पश्चिममा जिल्लामै पहिलो पटक ट्राउट माछापालन व्यवसाय शुरु

मेगराज खड्का
रुकुम ।
रुकुम पश्चिमको मुसिकोटमामा जिल्लामै पहिलो पटक ट्राउट माछापालन व्यवसाय शुरु गरिएको छ । मुसिकोट नगरपालिका वडानम्बर –६, को भण्डारीकाँडामा रुकुमेली कृषि फार्म मार्फत सामुहिक माछापालन सञ्चालन गरेका हुन् ।

ट्राउट माछाको लागि रुकुमको हावापानी उपयुक्त भएको भन्दै ठूलो लगानीमा शुरु गरिएको माछापालन व्यवसाय अब राम्रो उत्पादन दिने अवस्थामा पुगेको व्यवसायी रबिन्द्र कुमार विष्टले बताए । उनका अनुसार ट्राउट माछाको अण्डा र भूरा बिक्रिबाटै लगानी अनुसारको राम्रो आम्दानी गर्न सकिने सम्भावना बढेको छ ।

हिमाली क्षेत्र र चिसोपानीमा मात्र व्यवसाय गर्न सकिने ट्राउट माछापालनबाट स्वदेशमै मनग्ये आम्दानी गर्न सकिने भन्दै युवा व्यवसायीले ट्राउट माछापालनको शुरुवात गरेको बताएका छन् ।

ट्राउट माछापालनमा व्यवसायीको ३० लाख र पशु अस्पत्ताल तथा पशुसेवा कार्यालयको २६ लाख अनुदान रकम गरी जम्मा ५६ लाख लगानी रहेको छ । – रेडियो नेपाल

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments