समाचार

दुग्ध उद्योगलाई पाँच वर्षका लागि सहुलियत दरको ऋण माग

काठमाडौँ: नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रमा परेको गम्भीर समस्यालाई समेटेर आगामी आर्थिक वर्ष २०७७/०७८ बजेट

तेल उद्योग बन्द हुने अवस्थामा

विराटनगर: आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन्

लिचीको ठेक्का मूल्य करिब आधाले घट्यो : ठेक्का लाग्न अझै सकेन

लकडाउनका कारण सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची ठेक्का लाग्न सकेको छैन । लालबन्दी

नेपाली तरकारीले बजारमा पहुँच पाएन खेतमै कुहिन थाले

काभ्रेका किसानले फलाएको तरकारीले बजार नपाउँदा खेतमै कुहिन थालेका छन् । पाँच खालका कृषक गोविन्द

माछालाई दाना अभावपछि रोटेसन सिस्टम लागू

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा दाना अभाव भएपछि रोटेसन सिस्टम लागू

हिमाली जिल्लाका किसान उत्पादनमा व्यस्त

सोलुखुम्बु:लकडाउनका कारण अधिकांशको जनजीवन अस्तव्यस्त बनेको छ तर हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव

लकडाउनका कारण अधिकांशको जनजीवन अस्तव्यस्त बनेको छ तर हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव पारेको छैन। लकडाउनको समयले यहाँका मानिसलाई थप सिर्जनशील बनाएको स्थानीय नागरिकको भनाइ छ। विगत दुई वर्षदेखि अध्ययनको सिलसिलामा काठमाडौँ बस्दै आउनुभएका महाकुलुङ गाउँपालिका पेल्माङका सुरेश कुलुङ अहिले गाउँघरमै भेटिन्छन्। उनी यतिबेला गफ गर्नेसम्म फुर्सद नभएको बताउँछन्। राजधानी पसेपछि गाउँघर भुलिसक्नुभएका कुलुङलाई कोभिड–१९ ले पुनः गाउँनै आउन बाध्य बनाएको सुनाए। माध्यमिक तहसम्मको अध्ययन गाउँमै पूरा गरेका सुरेशलाई अहिले बाबुबाजेको पेशा कृषि कर्मले व्यस्त बनाएको छ। दिन प्रतिदिन लकडाउन बढ्दै गएपछि समयको सदुपयोग गर्न धेरैलाई सकस भइरहेको भए पनि आफ्नो लागि यो समय उपलब्धिमूलक बनेको उनको भनाइ छ। महाकुलुङका सुरेशलाई मात्र होइन सोलुखुम्बुको अधिकांश गाउँका मानिसलाई लकडाउनको बेला न त समय बिताउन समस्या छ न त अन्य कुनै कुराको। माप्य दूधकोशी काकुका ल्हाक्पा तामाङ पनि तीन वर्ष मलेशिया बसेर केही महिना अगाडि मात्रै गाउँ आएको बताउछन्। वैदेशिक रोजगारीमा हुँदा बाँझो बनेको उनको खेतीयोग्य जमीनमा विभिन्न तरकारी तथा फलफूलको बिरुवाले भरिन थालेको छ। अम्बा, कफी, खुर्सानी, चियाजस्ता बोट बिरुवा रोप्ने, अन्य खेतीबाली गोडमेल गर्दै लकडाउनको समयको सदुपयोग गरेको उनको भनाइ छ। नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि लकडाउनको समयावधि पनि पछिल्लो समय जेठ २० गतेसम्म थपिएको छ। विभिन्न पेशा व्यवसायका लागि जिल्लाबाहिर रहेका नागरिकलाई यहाँका आठवटै स्थानीय तहले उद्धार गरी गाउँ ल्याएको छ। उनीहरुको जनजीवन कस्तो होला भन्ने धेरैलाई चासो र चिन्ता छ तर उनीहरु गाउँमा आएर कृषि कर्ममा व्यस्त भएको बताउँछन्। “लकडाउनमा गरिएको लगानीले भोलिका दिनमा आफैँलाई सहज हुन्छ”, काठमाडौँबाट आएर कृषिमा व्यस्त भएका सोलुखुम्बु लोखिमका खेमप्रसाद राईले भने, “भोकमरीको सङ्केत देखिँदै छ, भारतले नाकाबन्दी गर्छ रे भन्छन् त्यसैले यो बेला सबैले मेहनतका साथ खेतीपाती गर्नुको विकल्प छैन।” जिल्लाको अधिकांश गाउँको खेतीयोग्य जमीन बाँझो मात्रै भएन पुख्र्यौली पेशासमेत लोप हुँदै गएको बताइन्छ। आरन, भेडापालन, राडीपाखीलगायतको पुख्र्यौली पेशासमेत लोप हुँदै गएकाले यसको संरक्षण गर्नुपर्ने आवाजसमेत उठिरहेको छ। करिब सात वर्षदेखि वैदेशिक रोजगारमा समय बिताएका सोलुदूधकुण्ड नगरपालिका–५ का सुब्बे विक पनि अहिले घरैमा छन्। यतिबेला उनी पनि पुख्र्यौली पेशा तामाको डाली बनाउने काममा व्यस्त रहेको बताउछन्। सोलुखुम्बुको मुख्य कोसेलीका रुपमा प्रयोग गरिने तामाको डालीको माग धान्न नसकेका विक लकडाउनलाई अवसरका रूपमा लिन्छन्। “जिल्लाका प्रतिष्ठित व्यक्ति होस् या जोकोहीलाई कोसेली पठाउन हाम्रै हातले बनाएको डाली पहिलो रोजाइमा पर्छ”, उनले, “अहिले निर्माण गरेको डालीले लकडाउन खुलेपछिको मागलाई धान्न सजिलो हुन्छ।” यद्यपि कच्चा पर्दा अभाव हुने सङ्केत देखिएकाले उनी चिन्तित छन्। उनको बुबाले समेत यो पेशालाई छोडेका छेनन्। उनीजस्तै अन्य व्यक्ति पनि लकडाउनको समयमा त्यतिकै बसेका छैनन्। उनीहरू पनि आरनको काममा व्यस्त रहेको बताउँछन्। यो समयमा घरबाट बाहिर निस्कनुभन्दा घरभित्रै बस्नु र सुरक्षित रहनुको विकल्प नभएको चिकित्सकको भनाइ छ। गाउँघरमा भीडभाड नगरिकन खेतबारीमा पनि सामाजिक दूरी कामय राखी काम गर्दा त्यसले कुनै पनि असर नगर्ने सोलु हेल्थ केयर सेन्टर सोलुखुम्बुका प्रबन्ध निर्देशक डा राजेन्द्र बस्नेतको भनाइ छ। खेतबारीलाई समेत क्वारेनटाइनका रूपमा लिन सकिने भएकाले यो समयमा त्यतिकै बस्नेभन्दा पनि सिर्जनात्मक काम गर्नुपर्ने उनको सुझाव छ। शहर बजारबाट गाउँ केन्द्रित भएका युवाशक्तिलाई प्रयोग गर्ने सुनौलो अवसर लकडाउन भएकाले स्थानीय सरकारले समेत सोही उनको उहाँको सुझाव छ।

किसानको आफ्नै राष्ट्रिय बजार बन्छ : कृषिमन्त्री

कृषिमन्त्री घनश्याम भुसालले देशभर किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गर्ने बताएका छन् । सातै प्रदेशका भूमि

बाँझो जमिनमा खेती गर्ने युवालाई अनुदान

बेंसीसहर : कोरोना संक्रमण रोक्न लकडाउन बढ्दै गएपछि मध्यनेपाल नगरपालिकाले बाँझो जमिनमा खेती बढाउने योजना

किसानका कृषि उपज नगरपालिकाले खरिद गर्ने

स्याङजा : भीरकोट नगरपालिकाले‘तरकारी खरिद तथा बिक्री केन्द्र’ संचालनमा ल्याएको छ । लकडाउनका कारण बजार