ब्रान्डेड भन्दै कम गुणस्तरका सामग्री विद्यालयहरूमा उच्च मूल्यमा बिक्री गर्ने पक्राउ

२५ माघ, बर्दिया। कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु ब्राण्डेड भन्दै बर्दिया जिल्लाका केही विद्यालयहरूमा उच्च मूल्यमा बिक्री गरी सर्वसाधरणलाई झुक्याई ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-२५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।

बर्दिया जिल्लाका केही विद्यालयहरुमा क्षेत्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै साईबर एण्ड लाईब्रेरी नाम गरेको कम्पनीको नाममा केही प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थाहरुलाई भ्रममा पार्दै कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु उच्च मूल्यमा बिक्री गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-६ स्थित बङ्लामुखी बिद्यालयको परिसरमा उक्त सामग्रीहरु बिक्री बितरण गरिरहेको अवस्थामा फेला उनलाई पक्राउ गरेको हो ।

क्षेत्रीबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका चेक ३ थान, साईबर एण्ड लाईबेरीको नाममा रहेको बिल ठेली ४ थान, प्रिन्टर १९ थान, मनिटर १९ थान, सिपियु १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राईटिङ बोर्ड २० थान, सिसिटिभि १८ थान, कि बोर्ड १९ थान, नेपाली बृहत शब्दकोश किताब ७ थान, अक्सफोर्ड किताब लगायतका विभिन्न शब्दकोश ३० थान,  बिभिन्न पुस्तक  र क्यालेण्डर भएको कार्टुन २९ थान प्रहरीले बरामद गरेको छ ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments