ठेला रिक्सामा सामान चोरी गरी लैजाँदै गरेको अवस्थामा २ जना पक्राउ

२५ माघ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-८ तल्लो भंगालस्थित सडकमा ठेला रिक्सामा चोरी गरेको फलामको सेफ र ४२ इन्चको १ थान सोनी टिभिसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु डेरा गरी बस्ने रौतहट चन्द्रपुर नगरपालिका-७ घर भएका ३० वर्षीय अलि अक्तर मन्सुर र सोही ठाउँ बस्ने १९ वर्षीय आकास चौधरी रहेका छन् ।

उनीहरूलाई उक्त टिभि र फलामको सेफलाई सिरक र तन्नाले बेरी लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर महानगरीय प्रहरी बृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको  महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments