स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ रकम सहित नुवाकोटका नवराज ढुंगाना पक्राउ

२६ माघ, काठमाडौं । महानगरपालिका-१६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँ सहित नुवाकोट ककनी गाउँपालिका-३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments