अवैध कल सेन्टर संचालक सहित ८० जना पक्राउ

१० फाल्गुन, भक्तपुर । सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

भारतीय मुलका युवा युवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत ५ देखि १० हजार सम्म सानो सानो मात्रामा ऋण लगानी गरी निश्‍चित ब्याज सहित तोकिएको समयभित्र उठाउन ऋणिहरुलाई कल सेन्टर मार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य संचालन गर्ने वाङजिनावले नेपाली युवा युवतीहरूको प्रयोग गरी कल सेन्टर संचालन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उक्त घरबाट ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो । उक्त कार्य संचालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान जारी रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments