एम्पुल बुप्रिनुर्फिन,एम्पुल फेनारगन साथै डाईजेपाम सहित पोखराका दिपक परियार पक्राउ

२२ फागुन, कास्की । पोखरा महानगरपालिका-१३ काहुँखोलाबाट सोही महानगरपालिका-२६ बुढीबजार बस्ने २८ वर्षीय दिपक परियारलाई नियन्त्रित लागूऔषध ९४ एम्पुल बुप्रिनुर्फिन, ९४ एम्पुल फेनारगन र ९४ एम्पुल डाईजेपाम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दिपकले पोखरा नगर क्षेत्रका विभिन्न स्थानमा लागूऔषधको कारोबार गर्छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले उनले प्रयोग गरेको ग.१२ प ३९७३ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद ४ हजार बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments