२५ लाखको चिट्ठा पर्यो भनी अनलाईन ठगी गर्ने मोरङका धिरेन कुमार पक्राउ

२६ फागुन, काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली  नगरपालिका-६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको प्रलोभनमा पार्दै पीडितहरुसँग बैंक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाइल नम्बरमा ओटिपि कोर्ड समेत लिई पीडितको खातामा भएको रकम बिभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी २ लाख १ हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न धिरेनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय  रंगेली मोरङसँग आवश्यक समन्यव गरी पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि  महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments