जङ्गली माहुरीको टोकाइबाट १६ पर्यटक घाइते

२ चैत्र चितवन । माहुरीको टोकाईबाट १६ पर्यटक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सौराहास्थित हात्तीसार भ्रमणमा रहेका सिन्धुलीबाट आएका आन्तरिक पर्यटकलाई जङ्गली खाग माहुरीले टोकेको हो ।

कार्यालयका अनुसार उनीहरुलाई रत्ननगर नगरपालिका–६ स्थित हात्तीसारमा माहुरीले टोकेको हो । घाइते सबैको बकुलर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments