गाँजा इतिहास, कहिले होला नेपालमा बैधानिकता ? नेपालको भबिस्य कस्तो छ ?
२ चैत्र काठमाडौं ।
गाँजा उत्पत्ति ( वैज्ञानिक नाम: क्यानाबिस स्याटिवा ) पूर्वी एसियामा उत्पत्ति भएको मानिने फूल फुल्ने बोट हो। हाल विश्वभरी नै यसको व्यापक खेती भएको पाइन्छ । इतिहास भरी नै यसको खेती गरिएको उल्लेख भएको पाइन्छ; यसको खेती औद्योगिक फाइबर, बीज, तेल, खाना, मनोरन्जन, धार्मिक, आध्यात्मिक र चिकित्सा क्षेत्रमा विभिन्न रुपमा गरिन्छन् । यसको बोटका विभिन्न भागहरु बिभिन्न तरिकाले प्रयोग गरिन्छ। यस प्रजातिलाई पहिलो पटक कार्ल लिन्नियसले सन् १७५३ मा वर्गीकृत गरेका थिए । “सतिभा” शब्दको अर्थ खेती गर्नु भन्ने हुन्छ ।
विश्वमा गाँजाको इतिहास हेर्ने हो भने आज भन्दा करिब १०,००० वर्ष अगाडि ताइवानमा गाँजाको डोरीको प्रयोग गरेर भाडाकुँडा बनाउने गरिएको पाइन्छ । एउटा प्रसिद्ध वैज्ञानिक कार्ल सागनले संसारमा सबैभन्दा सुरुमा खेती गरिएको बिरुवाहरु मध्य एउटा बिरुवा गाँजा भएको बताएका छन् ।
१५औ शताब्दीतिर शैनिकहरुलाई लडाइ गर्न जानु अघि मनको डर भगाउन र शाहसी काम गर्न सकून भन्ने उद्देश्यका साथ गाँजा खुवाइन्थ्यो । १७औ शताब्दीतिर देखि गाँजालाई पेट दुख्दा,अपज हुदा,शैनिकहरु लडाइबाट फर्किएपछि दुखाइ कम गर्न औषधीको रुपमा प्रयोग गर्न थालियो । १९औ शताब्दीमा आइपुग्दा सम्म नेपालमा गाँजालाई नगदेबालीका रुपमा बारा,पर्सा,सिराहा,धनुषा, महोत्तरीजस्ता जिल्लाहरुमा लगाउन थालियो । 
सन् १९७० को पूर्वार्धसम्म नेपालमा गाँजा खेती र व्यापार वैधानिक थियो। नेपालबाट ठूलो परिमाणमा गाँजा र चरेस निर्यात हुन्थ्यो।
त्यसमा साना व्यापारी मात्र हैन समाजका गन्यमान्य व्यक्ति र ठूला व्यापारी पनि संलग्न हुन्थे। नेपालले प्रत्यक्ष र परोक्ष दुवै रूपमा केही न केही फाइदा पाएकै थियो।
सन् १९६० र सन् १९७० को दशकमा नेपालमा फैलिएको हिप्पी संस्कृतिलाई धेरैले नेपालको सौन्दर्यबाहेक गाँजाको सहज उपलब्धतासँग जोडेर हेर्ने गरेका छन्। हिन्दी चलचित्र ‘हरे राम हरे कृष्ण’मा पनि त्यस्तै देखाइएको छ ।
गाँजा लागुऔषध कि औषधि ? यो बहस नेपालमा जारी छ । गाँजाको प्रतिबन्ध फुकाउनु पर्ने र अर्थोपार्जनको समेत माध्यम बनाउन दिनुपर्ने माग सांसदहरूले नै गरेपछि यो विषय फेरि एक पटक सतहमा आएको छ । सामाजिक सञ्जालमा पनि गाँजाबारे बहस हुने गरेको छ । धेरैले यसलाई सकारात्मक मानेका छन् । पछिल्लो समय गाँजालाइ बैधानिकता दिन पर्छ भनेर सामाजिक संजालमा खुलेर लेख्ने र बहस गर्ने मा भिम उपाध्याय नेपाल सरकार पुर्ब सचीव पर्छन् । गाँजा सचेतना अभियान पनि चलाएर गाँजा बारे अझ धेरै युवाले बुझ्ने मौका समेत पाएका छन् ।
संयुक्त राष्ट्रसङ्घले सन् १९६१ मा ‘द सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग्स १९६१’ पारित गर्यो। त्यसमा गाँजालाई पनि अफिमजस्तै कडा खालको लागुऔषध मान्दै प्रतिबन्ध लगाउनुपर्ने प्रावधान छ।
नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो।
विश्वमा गाँजाको अवस्था के छ ?
गाँजालाई लाघुऔषधको रुपमा लिन नहुने तर्क UN ले नै पुष्टि गरिदिएको छ । गाँजा रक्सी चुरोटभन्दा अत्यन्त कम हानिकारक भएको कुरा विज्ञानले नै प्रमाणित गरिदिएको छ । अमेरिकामा करिव ११ वर्ष गरिएको अध्ययनले दुखाइ कम गर्ने अन्य औषधी पेनकिलर भन्दा गाँजा प्रभावकारी देखिएको छ । गाँजाको महत्तव बुजेर पहिले अवैध घोषणा गरेका मुलुकले पनि अनुमति लिएर गाँजाको वैज्ञानिक रुपमा नै खेती गरेर आर्थिक रुपमा लाभ लिरहेका छन् । अर्जेन्टिना,बर्मुडा, क्यानडा, चिली, कोलम्बिया, डेनमार्क,जर्मनी ,ग्रीस, इजरायल, इटली ,माल्टा, नेदरल्याण्ड, न्युजिल्याण्ड ,नर्वे, पोल्याण्ड ,पोर्चुगल, स्विजरल्याण्ड ,उरुग्वे, जिम्बाबे आदि देशले गाँजालाई वैधानिकता दिएर मनग्य आमदामी कमाइ रहेका छन्। कोलोराडोले मात्र पछिल्लो ४ वर्षमा करिब $२४१ मिलियन कर उठाएको तथ्य सार्वजनिक भएको छ ।
गाँजाको महत्तव र भविश्य क्स्तो छ ?
गाँजामा पाइने THC र CBD को अनुपात मिलाएर प्रयोग गर्ने हो भने धेरै फाइदा गर्छ । जटिल प्रकारका रोगको औषधी उत्पादन गर्न गाँजाको हिस्सा प्रयोग गरिन्छ। गाँजाको रेसा र बोक्राबाट बनेका कपडा र सजावटका सामानको पनि विश्व बजारमा उच्चतम मूल्यमा अधिकतम माग रहेको छ । अनिद्रा ,शारीरिक पिडा, आँखा सम्बन्धि रोग, अपचजस्ता रोगको उपचार गाँजा हो । त्यस्तै क्यान्सरका कोण मार्न र रक्सी तथा अन्य लाघुऔषधको लट छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले देखाएको छ ।
नेपाल प्राकृतिक रुपमा नै गाँजाको लागि उपयुक्त हावापानि भएको क्षेत्र हो । हिमाल देखि तराई र पहाडसम्म प्राकृतिक रुपमा नै गाँजा उम्रिने, हुर्किने र फल्ने चक्र चलि रहन्छ । प्राकृतिक रुपमा उम्रने गाँजा फडानीका लागि प्रहरी नै परिचालन गर्ने गरिएको छ तर त्यसैलाई वैधानिकता दिएर विश्वका समृद्भ मुलुकले आर्थिक लाभ लिरहेका छन् । सरकारले व्यापक रुपमा गाँजा खुलाएर यसको निर्यात गर्नुपर्छ र पर्यटन बिस्तार गर्नुपर्छ ।
एउटा कुरा के स्पष्ट हुनु पर्छ भने गाँजा खुलाउने भन्दैमा किराना पसलमा किन्न पाइने हैन । गाँजाले वैधानिकता पाए किसानहरु सजिलै धनि हुन सक्छन् भने कलिला ओठमा जुँङ्गा रेखी बस्न नपाउँदै विदेशमा पसिना बेच्ने युवा वर्गले आफ्नै सितल धर्तिमा गाँजा फुक्दै करोडौं कमाउन सक्छन् । नेपाल सरकारले पसलहरुलाई लाइसेन्स दिएर वैधानिक रुपमा पर्यटकलाई दैनिक कोटामा बेच्न दिनुपर्छ । यस्तो गर्दा सबैजना गाँजा खाएर सडकमा लड्ने काम हुन दिनु हँदैन । कसिनोमा नेपालीलाई छिर्न नदिए झैँ नेपालीलाई नि गाँजा खान दिनु भएन। बिरामीलाई डाक्टरको सल्लाह अनुसार गाँजाको प्रयोग गर्न दिनुपर्छ । नेपालीलाई मनोरञ्जन गर्न गाँजा दिने नै भए छुट्टै गाँजा कार्ड बनाएर निस्चित पसलमा तथ्याङ्क सङ्कलन गरेर बेच्न दिनुपर्छ । अब कानुन बनाउँदा हचुवाको भरमा होइन एकदमै सोचेर जवाफ देहिता हुने गरि बनाउन पर्छ ।
अझै कति बर्ष कति पुस्ताले दुख गर्ने ? मलेसियाले काठ बेचेर.मोनाकोले कर छुट गरेर, ब्राजिलले रुख बेचेर, खाडिले तेल बेचर धनी भइसके । नेपाल पनि गाँजाको गेडा मात्र बेचेर धनि हुन सक्छ । नियमनको संरचना बनाएर सुरक्षित तरिकाले गाँजाको उत्पादन र प्रयोग गरे नेपालले पनि काँचुली फेर्ने थियो ।
यस्तो छ गाँजाको लाभ
— सुत्केरी व्यथा लागेको महिलालाई गाँजाको एक चम्चा धुलोलाई दूधसँग मिलाएर खाएमा प्रसव छिटो हुन्छ ।
— यसको धेरै सेवन गर्नाले नकारात्मक असर गर्दछ ।
— यसले भोक लाग्ने, निन्द्रा लाग्ने काम गर्दछ । यसले कफ, वातवायु अग्निदीपन आदिलाई हरण गर्छ ।
— पाचनक्रियालाई दुरूस्त बनाउनुका साथै शरीरलाई पनि तागत दिलाउँछ ।
— चोप, बीज र यसको सबै भागको धुलो बनाइँ वा भाङ र मरिचलाई सख्खरसँग मिलाई मनतातो पानीसँग खानाले उदरशुल, पेटको दुःखाइ आदिलाई शान्त गराउँछ । ( घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट )
( नोट- तथ्यांकहरु अनलाइन संचार माध्यमहरु बाट लिगिएको छ । )
तपाई सँग पनि जानकारी मुलक लेख रचना छ भने हामिलाई पठाउन सक्नुहुन्छ barahionlinekhabar@gmail.com मा मेल गर्न सक्नुहुनेछ ।