घाँस झार्नेक्रममा रुखबाट लडेर खोटाङमा एक जनाको मृत्यु

४ चैत, खोटाङ ।  खोटाङमा खन्यूको रुखबाट लडेर गम्भीर घाइते पुरुषको मृत्यु भएको छ ।

घाँस काट्न खन्यूमा चढेको अवस्थामा बिहीबार दिउँसो लडेर गम्भीर घाइते भएका साकेला गाउँपालिका-४ मात्तिमका ४७ वर्षीय गोपीलाल कट्टेलको मृत्यु भएको हो ।

रुखमा चढेर घाँस झार्नेक्रममा लडेर जमिनमा बजारिएपछि गम्भीर अवस्थामा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लगिएका कट्टेलको शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याएलगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments