करेन्ट लागेर १ जनाको मृत्यु

२३ चैत, काठमाडौं । झापाको हल्दिबारी गाउँपालिका-२ पशुपति चोक स्थितमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ ।
आज बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको  बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी-५ का ४८ बर्षीय बिक्रम तामाङ घाईते भएकोमा तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो  ।

घटना  सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाटथप अनुसन्धान भईरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments