स्थानीय निर्वाचन ले राजनीतिक वृतमा निम्त्याएको सिन्डिकेट प्रणाली

२७ बैशाख, काठमाडौं । नेपालमा नजिकिदै गरेको स्थानीय चुनाव र यसमा देखिएका राजनीतिक पार्टीहरुले जारी गरिरहेका आफ्नो आफ्नो सिद्धान्त र विचार अनुरुपको निर्वाचन घोषणापत्रहरु र राजनीतिक वृतमा देखिएका विचलन र सत्तालिप्साको होडबाजीबाट के अनुमान लगाउन सकिन्छकि, उनीहरु आफ्नो सिद्धान्त र विचारलाई बिर्सेर सत्ता र शक्तिका लागि लिप्त भएका छन् । राजनीतिमा सिन्डिकेट जारी गरि जसरी पनि आफू र आफ्नै मात्र शक्ति र सत्तामा आउनुपर्छ भन्ने होडबाजीले नेपाली राजनितीलाई फोहरी खेलको रुपमा प्रदर्शन गरिरहेको छ। नजिकिदै गरेको स्थानिय चुनावमा देखिएका यस्ता धेरै उदाहरण र विमेल गठबंधनले साच्चिकै नेपाली राजनितीलाई फोहोरि खेलको रूपमा रुपान्तरण गर्दै गएको  देखिन्छ ।

  के राजनिती साच्चै फोहरी खेल नै हो त ?

राजनीतिमा सत्ता र शक्तिको लागि फरक सिद्धान्त बिचार भएका समूह र पार्टीहरु संग साठगाठ गरि जसरी पनि सत्तामै पुग्ने र बजेट र राष्ट्रिय सम्पत्तिको दोहन गर्ने परिपाटीले सच्चा, कर्मनिस्ठ र आस्थावान कार्यकर्ताहरु लाई ठुलो चोट पुर्याएको देखिन्छ । अहिले चितवन् र पोखरा महानगरपालिका साथै अन्य धेरै नगर र गाउँ पालिकाहरुमा पनि विरोध र विचलन बढदै जानुको मुख्य कारण केन्द्रमा रहि ” मै खायौं मै लाउ अरु सब मरुन दुर्वलहरु” भन्ने पार्टीका केन्द्रिय नेताहरुको सोचले साचिकै बिज्ञहरुले राजनीतिलाई फोहरी खेलको रूपमा परिभाषित गर्ने गरेका छन् ।

  फरक फरक सिद्धान्त र बिचार बोक्ने पार्टीहरु, माओ र लेनिनका सिद्धान्त र कदमलाई अपनाउने माओबादि र प्रजातान्त्रिक धार र बि. पि. को सिद्धान्तलाई अपनाउने नेपाली  काङ्ग्रेसका बिचमा कहानेर सिद्धान्त र बिचार ठयाककै मिल्छ ? के पार्टीहरुमा पनि सिद्धान्त र विचारको भागबण्डा हुन्छ ? फरक पार्टीहरुको निर्वाचन र पार्टी घोषणा पत्रमा पनि एउटै सिद्धान्त र बिचार हुने भए किन पार्टी फरक हुने ? एउटै पार्टी बनाए हुन्न र? यति सानो राष्ट्र नेपालमा किन असंख्य पार्टी खोल्नु पर्‍यो? अमेरिकामा जस्तै दुई दल वा पार्टी बनाए हुन्न ?के प्रजातन्त्र भनेको राजनिती दलहरुलाई पार्टी खोल्न दिएको लाइसेन्स  मात्रै हो? यस्ता प्रस्न हरुको उत्तर खोज्न आवश्यक देखिन्छ। अहिले हरेक दलहरुमा देखिने केन्द्रिय नेताहरु र स्थानीय कर्याकर्ताहरुको बिचको फरक तालमेलले पार्टीहरुमा फुट बैमनस्यता अवस्था ल्याउने छ । भबिस्यमा आउने यस्ता राजनितीक विचलन र खतरा बाट बच्न दलहरुले आ-आफ्नै सिद्धान्त र विचार बोकेर निर्वाचनमा जनता संग जानुको विकल्प छैन ।

   यसरी सिद्धान्त र विचारमा परिरहेको खडेरीलाई उन्मुलन गरि  स्थानीय चुनावमा हरेक दलहरुले एउटै साझा सिद्धान्त र विचार लिएर जनतासंग गइ भोट माग्नुको विकल्प रहदैन । यसै गरि स्वार्थ मनोवृत्तिले जाने हो भने आउँदो स्थानीय चुनावमा फरक परिणाम अवस्य देख्न पाईनेछ। अहिले जनतामा राजनितीक साक्षरता र निर्णायक क्षमताहरु विकास भैसकेको परिपेक्षमा, यस्तो फरक तालमेल, गठबन्धन वा सिन्डिकेट  प्रणालीलाई धुलो चटाइदिन जनताले राम्रो संग जानेका छन् । याद रहोस् ब्यक्तिगत स्वार्थ र सत्तालिप्सालाई त्यागेर जनभावना , सिद्धान्त र विचारलाई अपनाई निर्वाचनमा  अगि बढ्नु आजको आवश्यकता  देखिन्छ ।                                       ( लेेेखक खगेन्द्र प्रसाद गुरागाई बाराही अनलाइन खबरका सम्पादक हुन् । )

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments