बेलकोटगढी १२ मा समाजवादी बाट २२ बर्षे सागरको चर्चा, भन्छन् मैले जित्नु युवाले जित्नु हो

१८ बैशाख, काठमाडौं । यतिबेला देशै भरी चुनावी माहोल तातेको छ । माहोल पनि यसरी तातेको छ कि गठबन्धनको बिषयलाई लिगेर राम्रो प्रतिस्पर्धा हुने संकेत देखिएको छ । एकले अर्कालाई हराउन लागि परेका छन् तर जित कुन पार्टी र कस्को हुने हो भन्ने कुराको अहिले आकलन गर्न मुस्किल भएको छ । रस्साकस्सी माहोल भएको बेला चुनावी घोषणा पत्र पनि उत्तिकै दम्दार निकालेका छन् ।
यहि चुनावी माहोलमा रहेर नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका १२ मा एकीकृत समाजवादी बाट वडा अध्यक्षमा उठेका युवा सँगको कुरा राख्दै छौ ।

बाराही अनलाइन खबर सँग कुराकानी गर्ने क्रममा सागर अधिकारीले भनेका छन् “बेलकोटगढि नगरपालिका १२ को वडा अध्यक्षमा म निर्वाचित भए भने मैले जति काम गर्छु भनेको छु त्यस काम यदि मैले गरिन भने मलाई तपाईहरु ले जुनसुकै सजाय दिए पनि भोग्न तयार हुने छु किनकी म तपाईहरु को सामु काम गर्ने प्रतिबद्धता ले आएको छु । म सँग फरक किसिमको जोश छ, उर्जा छ, आँट छ, योजना छ म यो सबै कुरालाई ब्यबहारमा उतार्न चाहान्छु ।

       बन्द कोठामा मीठो सपना देख्न सकिन्छ जब बन्द कोठाबाट बाहिर आए पछि त्यो सपना टुट्ने समयमा म तपाईको सपना लाई पूरा गर्न को लागि चुनावी मैदानमा उत्रिएको छु ।
मैले जित्नु भनेको समग्र युवाले जित्नु हो । मैले नेतृत्व गर्नु भनेको बेलकोटगढी १२ को युवाले नेतृत्व गर्नु हो किनकी म युवाको कुरा सुन्न सक्छु बुझ्न सक्छु । हिजो पनि म तपाइकै हो भोलि पनि तपाईंकै हुने छु ।

युवाले देखेको सपना युवानै हुन्छ, युवाकै आवश्यकता हुन्छ,युवाकै चाहाना हुन्छ म यी सब सपना, आवस्यकता र चाहाना पुरा गर्न म कुनै कमि हुन दिने छैन, कुनै कशुर बाँकि राख्ने छैन । गफ मात्र होइन म काम गर्न चाहान्छु । मलाई काम गर्ने बाताबरण मिलाइदिने काम तपाईहरु को हातमा आएको छु । तपाईहरु ले गर्ने मतदानमा आइपुगेको छ । त्यसैले मलाई एक पटक बिश्वास गर्नु भयो भने तपाइको मत लाई खेर जान दिने छैन ।
नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका १२ मा एकीकृत समाजवादी बाट वडा अध्यक्षमा उठेका सागर अधिकारी युवा संघ नेपालको जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका छन् ।

हेरौ सागर अधिकारिले गर्ने कामका बुदाहरु

युवा शक्ति सर्वस्विकृत विकल्प नमुना वडाको मेरो शंकल्प

• वडाका सबै बर्ग र समुदायको प्रत्यक्ष सहभागिता तथा बिकासबिद्को सल्लाह र परामर्स मा वडाको तत्कालिन , मध्यकालीन , र दिर्घकालिन आवश्यकता पहिचान गर्ने अनि  सोहि अनुसार योजना बनाएर कार्यान्वयन गर्ने ।

• बेरोजगारी कम गर्न युवालाई ब्यबसाय सम्बन्धि सरसल्लाह , तालिम र ब्यबसाय सुरु गर्न बिउपुजिको ब्यबस्था गर्ने।

• वडाभित्र गर्न सकिने ब्यबसायिक  खेति , पशुपालनबारे अध्ययन गरि त्यसको पूर्वाधार तयार  गर्ने र ति काममा युवालाई अग्रसर गर्ने ।

• बाझो बसेको जमिन सदुपयोग गरि ब्याबसायिक खेति गर्न प्याकेज कार्यक्रम ल्याउनुका साथै समन्वय समेत गर्ने ।

• युवालाई रोजगारीको खोजीमा गाउ छाड्न नपर्ने स्थिति सिर्जना गर्न स्थानीय स्रोत , साधन र संभावनाहरुको खोजि गरि उपयुक्त कार्यक्रम लागु गर्ने ।

• वडाबासिमा सिर्जनशीलता  र ज्ञानको दायरा बढाउन पुस्तकालय स्थापना गर्ने ।

• कृषकलाई आधुनिक उपकरण समयमै उन्नत जातको बिउ र मल उपलब्ध गराउने ।

• खेतीयोग्य जमिनमा चक्लाबंदिको अवधारणा लागु गर्ने , स-साना गरा र सुर्कालाई फराकिलो बनाइ खेतीपाती गर्न सजिलो बनाउने ।

• टार क्षेत्र लाइ बाह्रै महिना हराभरा बनाउन लिफ्ट सिचाइलगायत अन्य पूर्वाधारको ब्यबस्था मिलाउने ।

• सार्बजनिक स्थलको पहिचान गरि त्यस्तो ठाउमा खुल्ला पार्क निर्माण गर्ने ।

• युवाहरुका लागि खेल मैदान र खेल तालिम को ब्यबस्था।
• वडास्तरको उत्पादनको ब्राण्डिङ्ग र बजारीकरण गर्ने , कृषक लाइ बजारसग जोड्ने ।

• अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्ने ।

• घरबारबिहीन अति बिपन्न परिवारका लागि घरबास को ब्यबस्था गर्ने ।

• पारदर्शिता कायम राख्न वडाका प्रत्येक बैठकको उपयुक्त माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने ।

• जन्म , मृत्यु , बसाइसराइ जस्ता व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र र बृद्दभत्ता घरैमा पुत्याउने ।

• वडामा कामले आउने पाहुनालाई सजिलो बनाउन प्रत्येक टोलको नाम , क्षत्रफल , र जनसंख्या सहितको बोर्ड राख्ने ।

• वडाभित्रका बिद्यालयले प्रदान गर्ने शिक्षा को गुणस्तर सुधार्न स्मार्ट कक्षाकोठाको अवधारणा कार्यान्वयन गर्ने ।

• वडाभित्रका बिद्यालायमा प्राबिधिक लगायत कानुन , पत्रकारिता , होटल ब्यबस्थापन जस्ता स्वरोजगारमुखी बिषयको अध्ययन अध्यापन सुरु गराउने ।

• आर्थिक अभाबले पढाइ छाड्न बाध्य माध्यमिक तहसम्मका बिपन्न परिवारका बिद्यार्थी लाइ किताब , कापी , पोसाक , खाजा उपलब्ध गराउने उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग गर्ने ।

• बाटो र सडकका दोबाटो चौबाटोमा संकेतपाटीहरु राख्ने ।

• वडालाई जिल्लाकै नमुना बनाउने ।

• आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्दै गाउमा आर्थिक गतिबिधि बढाउन तथा रोजगारी सिर्जना गर्न सामुदायिक होमस्टे सुरु गर्ने ।

• नेता होइन सेवकको अवधारणा अनुसार काम गर्ने ।

मैले नेता बन्न दुमेद्वारी दिएको होइन , युवाको क्षमता र शिर्जनसिलता प्रमाणित गर्न चाहेको हो।  हाम्रो वडालाई नमुनाको रुपमा चिनाउने सपना देखेको हो।  पारादर्सिताको उदाहरण पेस गर्दै  अनियमितता , भष्ट्राचार , घुस्खोरी  , बेरोजगारी र मनपरीतन्त्रको अध्यारोमा आशाको दियो बाल्न खोजेको हो।

ब्यबसाय गर्ने , विदेश जाने , पैसा कमाउने जस्ता व्यक्तिगत आकांक्षा त्यागेर आफु जन्मेको समाजका लागि केहि गर्न खोजेको हो। सासकहरुले अरुलाई  उपदेश  दिन्छन , म समाजका सबै तह , तप्का र बर्गको सल्लाह र सुझाब लाई सिरोपर गरि यो वडामा अनुभब गर्न सकिने परिबर्तन ल्याउन चाहन्छु।

आज हामीले गर्ने खेलाची र गल्तिको फल पुस्तौ पुस्ता ले भोग्नुपर्दछ भन्नेमा मा सचेत छु।  म आफुलाई आगामी पुस्ताले धिक्कार्ने पात्रको रुपमा होइन , सम्झिरहने व्यक्ति प्रमाणित गर्न चाहन्छु।  म झिँजो लाग्ने रिटायर्ड जिन्दगि बिताउन राजनीतिमा आएको होइन , भर्खरै   बास्तबिक जिवनमा प्रवेश गर्दैछु। मेरो असफलतामा अरुले त दुई  दिन आलोचना गर्लान तेस्रो दिन देखि बिर्सेलान।  तर मेरो लागि यो असफलता जीवनभर बिझाइरहने काडा बन्ने छ।  त्यसकारण पनि , मलाइ आज तपाइहरुसामु गरेको बाचा पुरा नगरी भाग्ने छुट हुने छैन।

युवाले जित्दा देश पुलकित हुन्छ , उत्सव मनाउछ।  युवाले हार्दा समाजले हार्छ , देश ले हार्छ।  म कामना गर्दछु – मेरो प्यारो मातृभुमिले कहिल्यै हार्न नपरोस।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments