कचनकवलमा निश्चल दाहाललाई किन मतदान गर्ने ? योजना के छ ? बुझी राखौ

१२ बैशाख, काठमाडौं । वैशाख ३० गतेको लागि स्थानीय तहको निर्वाचनको उम्मेद्बारी दर्ता भै सकेको छ । पार्टी गत भन्दा पनि अहिले स्वतन्त्र उमेदवारहरु को संख्या बढ्दै गएको छ । पटक पटक एउटै ब्यक्ति लाई मतदान गरेर जिताइ सक्दा पनि सोचे अनुसार काम नभए पछि, भ्रस्टाचार मै लिप्त भए पछि, बिकास को नाममा आएका बजेट आफ्नै वरिपरिका ब्यक्ति बिशेष भए पछि युवा पुस्तालाई बिश्वास गर्ने जनमानस पनि बढ्दै गएको छ ।
मतदान कस्लाई गर्ने र किन गर्ने भन्ने बिषयमा अहिले अलि बढी नै सचेत भएको देखिन्छ । चुनावी माहोल तताउन खोक्रा नारा लगाएर निर्वाचन जितिने सपना यतिबेला टुट्दै गएको छ ।

देशै भरी स्वतन्त्र उम्मेद्बारी दर्ता गर्ने संख्यामा उल्लेखनीय मात्रामा छ अनि चर्चा पनि उत्तिकै छ कारण हो अहिलेको गठबन्धन । गठबन्धन गरेर चुनाब चित्नु भनेको एउटै उदेश्य हो  मिलिजुली भागबन्डा गरेर सधै आफू पहुँचमा भैरहने त्यसैले स्वतन्त्र उमेदवार लाई भरोसा गर्ने ठाउँ बढ्दै गएको छ ।

कचनकवल वडा न. ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्बारी दर्ता गएका निश्चल दाहाल लाई किन जिताउने ? को हुन निश्चल दाहाल के गर्छन् ?           

यहाँहरु सबैलाई अवगतै भएको छ कि सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निणर्य गरेको छ । हामी अब नयाँ स्थानीय सरकारको निर्माणको अभियानमा होमिएका छौं । यो निर्वाचन वर्तमानको स्थानीय सरकारले गरेका विगतका कामको समिक्षा र आगामी ५ वर्षमा हामीले हाम्रो गाउँ कस्तो बनाउने भन्ने सपना देख्ने समय हो । विगतका गलत कार्यहरुको निर्मम समिक्षा गरी त्यस्ता गलत कार्यहरुलाई बन्द गर्ने र राम्रा कामहरुलाई टुङगोमा पुर्‍याउन नयाँ प्रतिनिधि छान्ने समय हो ।

नयाँ योजनाले गाउँको मुहार फेर्ने र कचनकवललाई नेपालकै नमुना गाउँ बनाउने समय हो । त्यसको लागि तपाईं हामीले यो निर्वाचनमा सक्षम, उर्जावान, गाउँको मुहार फेर्ने अठोट बोकेको, स्वच्छ र निस्कलंक प्रतिनिधिको छनौट गर्न आवश्यक छ । हामीले निर्वाचित गरेको प्रतिनिधिले तपाई हाम्रो गाउँको मात्र नभएर हाम्रो आगामी पुस्ताका उज्वल भविष्यको ग्यारेण्टी गर्ने योजना बोकेको क्षमतावान प्रतिनिधिको छनौट गर्न आवश्यक छ ।

यो बिचमा मैले थाईल्याण्ड, सिङ्गापुर, दुबई, कतार, इण्डोनेसिया, ओमान, साउदी, श्रीलंका लगायतका विश्वका धेरै मुलुकहरु भ्रमण गर्ने अवसर प्राप्त गरेँ । देश निर्माणका आधुनिक मोडलहरु नजिकबाट देख्ने र अनुभूति गर्ने मौका पाएको छु । भ्रष्टचार रहित समाजको निर्माण गर्ने र देशलाई विश्वमा विकसित मुलुकको रुपमा चिनाउने संकल्प बोकेर नेपाल फर्केर आएको हुँ ।

भ्रष्टचार गर्नु भनेको सामुहिक हत्या गर्नु हो भन्ने अभिव्यक्तिलाई शिरोपर गर्दै मैले भ्रष्टाचार रहित देश निर्माणको अभियानमा होमिने निणर्य गरेको छु । त्यसको लागि आधारभुत खुड्किलो भनेको आफ्नै गाउँलाई नमुना गाउँ बनाउनु हो ।
तसर्थ, मैले आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय निकायको चुनावमा कचनकवल गाउँपालिका वार्ड न. ६ बाट वडाध्यक्षमा उम्मेद्वारी दिने निणर्य गरेको छु । मेरो गाउँ आँफै बनाउँछु भन्ने संकल्प सहित ।

मैले निर्वाचित भए पछि गर्नु पर्ने मेरा केही योजना र अठोटहरु यहाँ प्रस्तुत गरेको छु ।

म समाज सेवा गर्ने अठोट बोकेको व्यक्ती हो, मैले पाउने हरेक तलब, भत्ता, सुविधा यहि वार्डको विकासमा खर्चने छु ।

भ्रष्टाचार रहित पारदर्शी वडा कार्यालय बनाइने छ ।

शिक्षा क्षेत्रमा व्यापक सुधार गर्दै, गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरि भविष्यमा गाउँको सेवा गर्ने वातावरण बनाइने छ ।

गरिब परिवारहरुको आधारभुत उपचार निःशुल्क गरिनेछ । जटिल रोग लागेका गाउँबासीहरुको उपचारको लागि स्थानीय स्तरमा स्वास्थ्य सेवा कोष बनाईनेछ ।

स्वच्छ वातावरणको लागि प्राकृतिक सम्पदाको संरक्षण गर्दै वातावरणमैत्री शहरीकरणमा ध्यान दिईनेछ ।

घरेलु फोहोरको व्यवस्थापनको लागि उचित व्यवस्था गर्नेछु । फोहोरलाई पैसामा रुपान्तरण गरी आर्थिक उपार्जनमा लगाइने वैज्ञानिक आधुनिक मोडल लागु गरिनेछ ।

अध्ययनको लागि स्मार्ट लाईब्रेरी बनाइनेछ । विद्यार्थी तथा युवा युवतीहरुलाई खोजमुलक अध्ययनको लागि प्रेरित गरिनेछ । अनलाइन सामाग्रीहरुको सर्वसुलभको लागि विभिन्न योजनाहरु ल्याइनेछ ।

नेपालकै होचो स्थान भनेर चिनिएको हाम्रो ठाउँमा पर्यटनको विकासमा विशेष ध्यान दिनेछु । पहिलो बर्ष पर्यटन पूर्वधार निर्माणमा केन्द्रित गरिनेछ भने दोस्रो बर्ष देखि हरेक बर्ष २५ हजार पर्यटकहरुको आगमन हुने वातावरणको सुनिश्चितता गर्नेछु , यसका लागि गाउँपलिका सँग दरिलो योजना लानेछु । यसले गाउँपालिकाबासीको आर्थिक वृदि भई सम्मुन्नत नेपाल निर्माणमा थप टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु ।

आधुनिक शैलीको बजार निर्माण गरि सुरक्षाको लागि टोलटोलमा सिसीटिभी जडान गरिनेछ ।

आवश्यकता अनुसार सडक, बिजुली, पुल, विद्यालय निर्माण जस्ता गाउँको प्रत्यक्ष पूर्वधार विकास निर्माणमा विशेष ध्यान दिईनेछ । वार्डका मुख्य सडकहरु आधुनिक र अन्तर्राष्ट्रिय गुणस्तरको पिच गरिनेछ भने भित्री सहायक सडकहरुको स्तरोत्तर उन्नति गरिनेछ । विकास निर्माणका हरेक कामहरु पारदर्शी ढंगले गरिनेछ ।

वार्डमा प्रौढ, महिला, अपाङ्ग तथा युवाहरुको लागि भिन्नै योजना सहितको कार्यक्रम ल्याउनेछु । प्रौढहरुको लागि वृद्धवृद्धा चौतारी भवन निर्माण र व्यवस्थापन कार्यक्रम ल्याइनेछ ।

अशक्त तथा वृद्धअवस्थाकाहरुको सामाजिक सुरक्षा भत्ता घर-घरमा नै वितरण गर्ने व्यवस्था मिलाइनेछ ।

अव्यवस्थित उद्योग धन्दाहरुलाई व्यवस्थित बनाइनेछ ।

स्थानीय भाषा संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विशेष प्रथमिकता दिनेछु । यसको लागि गाउँपालिकामा छुट्टै स्थानीय भाषा संस्कृति संरक्षण तथा सम्वद्र्धन समिति बनाउन दबाब दिइनेछ ।

विद्यालयमा ऐच्छिक विषयको रुपमा स्थानीय भाषाको अध्ययन अध्यापनको व्यवस्था मिलाउने छु ।

युवाहरुलाई लागूऔषध दुव्र्यसनीबाट टाढा राख्ने गरि विशेष कार्यक्रम ल्याउनेछु । युवाहरुलाई उत्पादनमा जोड्ने आधुनिक कार्यक्रमहरुको खोजी गरी लागु गर्नेछु ।

कृषि मल, बीज बिखनको सर्वसुलभ आपूर्तिमा विशेष ध्यान दिनेछु । विषादी रहित कृषि उत्पादनलाई प्रोत्साहन गरिनेछ । कृषि उत्पादनमा वृदि गर्न आधुनिक खेती प्रणालीको खोज अध्ययन गरी लागू गरिनेछ ।

महिला स्वरोजगार कार्यक्रम घोषणा गरी महिलाहरुलाई उत्पादनमा जोड्ने कार्यक्रम ल्याउनेछु । यसले महिला सशक्तीकरणमा थप टेवा पुग्ने विश्वास लिएको छु ।

वडा कार्यालयले गर्ने हरेक कार्यलाई पारदर्शी बनाउनेछु । जनताले अनुभूति गर्ने गरी साँच्चै नै गाउँमा सरकार पुगेको अनुभूति गराउने बाचा गर्दछु । जनताको आवाज र गुनासो सुन्न हरेक तीन-तीन महिनामा जनतासँग खुल्ला साक्षात्कार गर्नेछु ।
खेलकुदको विकासको लागि भिन्न समिति नै बनाई कार्य योजना अघि बढाइनेछ ।

पहिलो बर्षमा अति विपन्न पचास परिवारको पहिचान गरि ती पचास परिवारलाई निःशुल्क विद्युत आपुर्ति गरिदिने । क्रामिक रुपमा हरेक वर्ष थप परिवार जोड्दै लाने ।

हाम्रो गाउँ बनाउने कि नबनाउने र कस्तो बनाउने भन्ने निणर्य गर्ने बेला आएको छ । त्यो तपाईं हाम्रै हातमा छ । त्यसैले निर्विकल्प उम्मेद्वारको रुपमा वडाध्यक्ष पदमा मलाई भोट दिएर विजयी गरी कचनकवलको यो सुन्दर गाउँलाई नेपालकै नमुना विकसित गाउँ बनाउने मेरो अभियानमा साथ दिनुहुन समस्त गाउँबासीहरुलाई हार्दिक अनुरोध गर्दछु । यी मेरा प्रतिवद्धताहरु मेरो लेखापढीको कागज हुन जुन मैले हस्ताक्षर गरी यहाँहरुलाई बुझाउँदैछु । यी अनुरुपको कामको लेखाजोखा र निगरानी राख्न म तपाईंहरु समस्तमा हार्दिक अपिल गर्दै सो अनुरुप काम गर्नेमा म कुनै कसर बाँकी नराख्ने प्रण गर्दछु । म हर समय जनताको माझमा रहने प्रण गर्दै मलाई कुनै पनि समयमा सम्पर्क गर्न सक्नु हुनेछ । फोन नं. ९८०१४२६१७९ वडाध्यक्ष पदको उम्मेद्वार कचनकवल गाउ“पालिका, वार्ड न. ६

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments