एकीकृत समाजवादी बाट बेलकोटगढी १२ मा युवा नेतृत्वको अध्यक्षमा दाबेदार

३० चैत, नुवाकोट । स्थानीय निर्वाचन नजिदै गर्दा यति बेला राजनीतिक तरङ्ग छाएको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका १२ मा एकीकृत समाजवादी को मिति २०७८-१२-२८ मा बसेको वडा कमिटिको बैठकले उम्मेद्बारीको दाबेदारहरु को सुची सार्बजनिक गरेको छ ।

१- सागर अधिकारी
सागर अधिकारी एक शिक्षित युवा हुन् । समग्र वडा बासिन्दाको नेतृत्व गर्न सक्ने, वडाको समग्र समस्या देखि समाधान लाई सहजै पहिचान गर्न सक्ने खुबी राख्ने ब्यक्ति हुन् । समाज परिवर्तन गर्न को लागि अहिलेको युवा पुस्तामा राजनीति तर्फ लागेका सागर अधिकारी एकीकृत समाजवादी युवा संघ नेपालको जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका छन् ।

२- गोमा आलेमगर
एक महिला नेत्री गोमा आलेमगर पार्टीको विभिन्न पदमा आवद्ध रहि आफुले पाएको जिम्मेवारी सहि ढंग बाट पूरा गर्ने साहस राख्ने ब्यक्ति हुन् । पार्टीको संगठन लाई मजबुत बनाउनमा गोमा आलेमगर को निकै ठूलो योगदान छ । उनी बेलकोटगढी नगरपालिका मा एकीकृत समाजवादीको तर्फबाट उपमेयर को आकांक्षी साथै बेलकोटगढी नगरपालिका १२ को अध्यक्ष को दाबेदार पनि हुन् ।

३- पिताम्बर डोटेल                                                           
विभिन्न पार्टीमा आवद्द भएर आफ्नो काम गर्दै आउनु भएका पिताम्बर डोटेल एकीकृत समाजवादीमा आवद्ध भै आफ्नो अबको राजनैतिक भबिस्य एकीकृत समाजवादीमा लगाउने बाचा गरि आउनु भएको ब्यक्ति हुनुहुन्छ । पहिला बेलकोटगढी नगरपालिका १२ को वडा अध्यक्षमा नयाँ शक्ति पार्टी बाट चुनाव लड्दा पराजित भएका ब्यक्ति हुन् । अहिले एकीकृत समाजवादी बाट वडा अध्यक्षको लागि दाबेदार गर्दै चर्चामा आएका अर्का ब्यक्ति पिताम्बर डोटेल हुन् ।

४- सहदेब राई
एकीकृत समाजवादीको विभिन्न संगठनमा आवद्ध भै आफ्नो महत्वपूर्ण भुमिका खेल्दै आउनु भएका ब्याक्तित्व साथै २०५४ मा तत्कालीन एमाले बाट निर्वाचित वडा सदस्य पनि हुन् । आफू वडा सदस्य भएर काम गरिसकेका राई बेलकोटगढी नगरपालिका १२ मा वडा अध्यक्षको लागि आफू सक्षम छु भएको कारण आफू वडा अध्यक्ष हुनुपर्ने माग राख्दछन् । 

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments