बेलकोटगढीको मेयर बन्छु भन्ने को हुन् जयराम दाहाल ? के छ योजना ? बुझिराखौ

२८ चैत काठमाडौं । पछिल्लो समय सरकारले वैशाख ३० गतेको लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसके पश्चात् देशै भरी चुनावी माहोल देखिन थालेको छ । प्राय शून्य हुने गाँउमा माइला बा को चिया पसल देखि मेलापात सम्म उम्मेदवारको चर्चा चुलिन थालेको छ । मतदान कस्लाई गर्ने र किन गर्ने भन्ने बिषयमा अलि बढी नै सचेत भएको देखिन्छ । चुनावी माहोल तताउन खोक्रा नारा लगाएर निर्वाचन जितिने सपना यतिबेला टुट्दै गएको छ ।

पटक पटक एउटै ब्यक्ति लाई मतदान गरेर जिताइ सक्दा पनि सोचे अनुसार काम नभए पछि, भ्रस्टाचार मै लिप्त भए पछि, बिकास को नाममा आएका बजेट आफ्नै वरिपरिका ब्यक्ति बिशेष भए पछि युवा पुस्तालाई बिश्वास गर्ने जनमानस पनि बढ्दै गएको छ ।

राजनीति गर्ने हस्तिहरु भएको नुवाकोटमा बिकाश भने नियालेर हेर्न पर्छ । राजधानी बाट नजिक भएर पनि निक्कै टाढा भएको अनुभव गरिरहेको नुवाकोट साच्चै कहिले बन्ला पर्यटकीय गन्तव्य, कहिके बन्ला पासाङ लामु सडक अनि बिकासले भरिएको कहिले बन्ला नुवाकोट अब को युवा नेतृत्वले सोच्न पर्ने कुरा यहि छ ।

आज चर्चा गर्दै छौ युवाहरु को नेतृत्व गर्नको लागि अनि बेलकोटगढी नगरपालिकाको बिकास गर्नको लागि मैदानमा होमिन तयार भएका जयराम दाहालकाका योजनाहरु चर्चा गर्ने छौ ।

स्थानीय तहको निर्वाचनमा बेलकोटगढीबाट मेयरको आकांक्षीको रूपमा रहेका जयराम दहाल नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन् । २०५५ मा साबिक जिलिङमा रहेको कल्याणी देवी माध्यामिक विद्यालयमा इकाइ अध्यक्ष बन्दै राजनीतिमा थप सक्रिय बनेका उनी २०५७ मा साबिक क्षेत्र नं १ को क्षेत्रीय सदस्य हुँदै २०६१ सालमा सोही क्षेत्रबाट नेविसंघको क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए । रत्नराज्य क्याम्पसमा पढ्दै गर्दा विभिन्न जिम्मेवारीमा रहेर काम पनि गरे । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन बाट नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए भने पार्टीको १४औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका ब्यक्ति जयराम दहाल हुन् ।

बेलकोटगढी नगरपालिका मा तपाईं यदि मेयर बन्नु भयो भने तपाइको योजना के छ भनी सोध्दा दाहाल बुदागत रुपमा भन्छन् –

– बेलकोटगढि नगरपालिका ग्रामीण नगरपालिका हो ।यहाँ ऐतिहासिक, धार्मिक महत्त्वका स्थानहरू जस्तो चिम्टेश्वर, कालिका स्थान, झ्यालिपोखरि , फाटाको पौवा , गढिको थुम्को , बेलकोगढि, निरनजनामाई , मालिकास्थान , चुलेसेडाडा, कामरूदेवि माई , बाराहिमाई, बासुकि जस्ता स्थानलाई यहाँ महत्त्व  झल्कनेगरि बिकास र बिस्तार गरि आन्तरिक र बाह्य पर्यटन भित्र्याउनको लागि व्यवस्थापन गर्ने छु ।

२- बाघखोर, बैध्यबन, ग्रामीण पर्यटनको गन्तव्य को रूपमा बिकास गर्ने छु ।

३- झिल्टुङ लगाएत यस आसपासको बस्तिलाई सम्पदा बस्तीको रूपमा  बिकाश गर्ने छु ।

४- दुईपिपल डवलि आसपासलाई नेवार हेरिटेजको रूपमा बिकाश गरि पर्यटन आकषर्ण गर्ने छु ।

५- बेलकोटगढि नगरपालिका ११ र १३ मा रहेको बेतिनिभिरमा रक क्लामिङ संञचालन गर्ने छु ।

६- वडा नं. ६ बडरे, सालखर्क कोल्पुखोलामा ड्याम्म निर्माण गरि करिव ४ किमि लामो मानव निर्मित ताल निर्माण गरि एक आकर्षक पर्यटकीय गन्तव्य निर्माण गर्ने छु ।

७- बाँझो बसिरहेको  पाखा जमिनलाई चकला बन्दि गरि आधुनिक नगदे बालि लगाउने  र उत्पादित समाग्रिको बजार व्यबस्थापन गर्ने छु ।

८- शिप र रोजगार मुखि आधुनिक शिक्षा प्रणालीको विकास गर्ने छु ।

९- स्वास्थ क्षेत्रमा सुधारको लागि बार्षिक एक पटक निशुल्क स्वास्थ परिक्षण गर्ने व्यबस्था वडामा उपलव्ध स्वास्थ  संस्था मा व्यबस्था मिलाउने छु ।

१०- खेतीयोग्य जमिनमा सिचाइ को उचित व्यवस्थापन गरि उत्पादन लाई बृद्धि गर्ने छु ।

११- स्वच्छ  खानेपानी को उचित व्यवस्थापन गर्ने छु ।

१२- बाटो निर्माण गर्दा पर्यावरण लाई असर नपर्ने गरि कमक्षति हुने गरि गर्ने ।

१३- टोलटोलमा आ आफ्नो धर्म संसकृति अनुसारको भजन कृतन, ध्यान, योग, नाचगान गरि बृद्द बा आमाहरू को लागि  दिवासेवा स्थल संचालन गर्ने छु ।

१४- समाज मा रहेका बिशेश क्षमता भएका ( अपांगता) रहेका हरूलाई नगरको बिशेश कार्यक्रम अन्तरगत बडाबाटै सबै सेवा सुविधा दिने र अभिभावक बिहिन को लागि  नगरले अभिभावकत्व निर्भाह गर्ने छु ।

१५- बिभिन्न धर्मालम्विहरू को आस्था अनुसार अन्य स्थानका भन्दा बिशेश मठ, मन्दिर, चैत्य, गुम्बा, चर्च हरूको निर्माण गरि धर्मावलम्बीहरु लाई  नै प्रोत्साहित गरि  निर्माण गर्न लगाई सबै धर्मावलम्बीको धार्मिक गन्तव्य को रूपमा बेलकोट नगर लाई बिकास गर्ने छु ।

१६- कृषि ,परयटन ,जङगल ,जमिन ,जलस्रोत को भरपुर उपयोगले नगर भित्रै रोजगारी को सृजना गर्ने छु ।

भन्न र गर्नमा फरक छ नि भन्दा दाहाल भन्छन्  “काम गर्नलाई ग्राहो हुदैन किनकी मैले यहाँ कुनै नयाँ संरचना निर्माण गर्न करोडौं करोड लगानी गर्न कुरा गरेको होइन । अहिले यहि भैरहेको संरचनालाई हामिले दिगो योजना बनाएर गर्ने भएकाले यो काम गर्न अप्ठ्यारो छैन । म काम गर्नकै लागि भनेर निर्वाचनमा होमिएको हुँ ।”

यदि निर्वाचनमा जित्नु भयो अनि काम गर्नु भएन भने त्यति बेला के गर्ने ?
मैले निर्वाचन जितेर काम गरिन भ्रष्टाचार गरि जनतालाई दुख दिए भने म राजनीति बाट बिदा लिग्छु । मैले गल्ती गरेको खण्डमा नेपालको कानुनले जस्तो सुकै सजाए दिए पनि म भोग्न तयार हुन्छु ।

यदि मेयर को टिकट पाउनु भयो भने जित्नेमा कत्तिको बिश्वास हुनुहुन्छ ?
बेलकोटगढी नगरपालिका मा भएका मतदाताहरु ले हाम्रो होइन राम्रो ब्यक्ति चुनौ भनेर सोच्नु भयो भने मैले अवस्य जित्ने छु । काम गर्ने उदेश्यले आउनी ब्यक्ति कम भएकाले खोक्रो नारा लगाउने लाई बिश्वास गर्दैनन् जनताले भन्नेमा म ढुक्क छु ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments