धेरै महिलालाई पालिका प्रमुख र मेयर बनाउने प्रचण्डको विचार

२३ चैत, चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुलनात्मक रुपमा महिलाहरुले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता सुशासन बढी देखिएको बताउनुभएकाे छ । अध्यक्ष प्रचण्डले तुलनात्मक रुपमा महिलाले अग्रसरता लिएको स्थानमा सफलतासँगै इमानदारिता र सुशासन बढी देखिएको बताउनुभयाे ।

‘त्यसकारण महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने मेरो विचार छ ।’ बुधबार चितवनको आँपटारीमा भूमिहीन दलितहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले महिलामा इमानदारिता र सुशासन बढी हुने गरेको बताउनुभएकाे हाे ।

‘महिलाहरुले चाह्यो भने धेरै गर्न सक्छन् भन्ने देखियो । मैले शशीजीलाई भूमि व्यवस्था मन्त्री बनाउँदा उहाँको इच्छाशक्ति र दृढता देखेर तपाईले सक्नुहुन्छ, तपाईले आँट गर्नुपर्छ भनेको थिएँ उहाँले गरेर देखाउनुभयो’, प्रचण्डले मन्त्री शशी श्रेष्ठलाई धन्यवाद दिँदै उहाँले भन्नुभयाे, ‘उर्जामन्त्री अहिले पम्फालाई बनाइयो, उहाँले २० युनिट मुक्त गर्नुभएको छ, त्यसले लाखौ ग्राहक लाभान्वित भएका छन् ।’

अध्यक्ष प्रचण्डले , ‘यसले नै धेरै बेइमानी, जालझेल, षड्यन्त्र कम हुँदोरहेछ भन्ने देखिएको छ । महिलाकोमा जिम्मेवारी अर्कै खालको हुन्छ । त्यसको अर्थ सबै महिला हुन्छन् भन्ने त होइन’, अध्यक्षको भनाइ थियाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments