अवैध सुन सहित एक जना पक्राउ

५ जेठ, झापा । दमक नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई अवैध रुपमा लुकाई ल्याएको ३ सय ४९ ग्राम ७ सय  मिलिग्राम सुन सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडि सडकमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट पैदल आउँदै गरेका जैसीलाई बिस्कुट आकारको तीन थान बनाई जुत्ताभित्र लुकाई ल्याएको उक्त सुन सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय झापामा बुझाइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments