चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

५ जेठ, ललितपुर । गोदावरी नगरपालिका-२ गोदावरी पात्लेछापस्थित कविता सिलवालको घरबाट नगद १ लाख १२ हजार ६ सय ७० रुपैयाँ, ३ थान मोबाइल र ३ थान किप्याड गरी करिब १ लाख ४६ हजार ६ सय ७० रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोगमा काठमाडौं जडिबुटी बस्ने ४० वर्षीय सुनिल खड्गी लगायत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताल्चा फोडी दराजभित्र रहेको उक्त धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूको साथबाट चोरीका सामान सहित फेला पारी पक्राउ गरेको हो । चोरीमा प्रयोग गरेको बा.४ ख १८५३ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments