जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


५ जेठ , मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१६ बस्ने २१ वर्षीय सुरज साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुरजले ती बालिकालाई सोही महानगरपालिका-१६ स्थित बिराटनगर जुटमिलको गोदाम घरमा जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments