मिरुना मगरले फुर्पा लामा लाई भाइ सम्झेर माफी गरिन

१७ जेठ, काठमाडौं । काठमाडौँ अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा लामाबीच यस विषयलाई थप विवादित नबनाउने सहमति भएको छ । कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा मिति २०७९ साल जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगर समक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी हुन् ।

सहमतिपत्रमा अभिनेत्री मगर, आरोपी फुर्पा तामाङ, कबड्डी फिल्मको तर्फबाट निर्देशन रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जाग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् ।

यस्तै, बौद्ध धर्मावलम्बी, भिक्षु तथा लामा समुदायहरूको तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के र हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments