पहिरोले पुरिएर दुई मजदुरको मृत्यु

१८जेठ, काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा आज बिहान ११ बजे अचानक माथीबाट सुख्खा पहिरो झरेर पुरिदा सडक निर्माण  कार्यमा खटिएका  सुनसरी  धरानका ३५ बर्षीय राम कुमार राई र चौदण्डीगढी नगरपालिका-६ उदयपुरका २० बर्षीय हेम बहादुर मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई पहिरोमा पुरिएका दुबै जनाको उद्धार गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments