५० केजी चार सय ग्राम अवैध लागूऔषध गाँजा सहित राजेश पक्राउ
२० जेठ, मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० राप्तीरोडबाट करिब ५० केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित भारत सितामणि थानाबेला-१० नोचा बस्ने ३७ वर्षीय राजेश चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बस्तिपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना.२ ह १५०८ नम्बरको आटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको पछाडि भागमा बोरामा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक चौधरीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।