गायत्रीले सिलौटाको लोराले हान्दा श्रीमान ठहरै

२३ जेठ, दाङ ।  आफ्नै पति ३० वर्षीय पंकज गुप्ताको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१४ डेरा गरी बस्ने भारत घर भएकी ३५ वर्षीया गायत्री नेपालीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गायत्रीले सिलौटाको लोरा प्रहार गर्दा गएराति पंकजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments