नेपालमा कालो गहुँ फल्यो : प्रतिबिघा ७० मन उत्पादन

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातिको गहुँ फलाउनुभएको छ । कालो गहुँ सुगर फ्री क्लाक रहेको छ ।

मेहताले कालो गहुँ त फलाउनुभएको छ तर सुरुमा सुन्दा आफूलाई अचम्म लागेको बताउनुभयो तर थाहा पाएपछि भारतको इन्दोरमा रहेका साथीबाट गत वैशाखमा १४० केजी कालो गहुँको बीउ ल्याएको उहाँले बताउनुभयो ।

कात्तिकमा चार बिघामा छरेर प्रतिबिघा ७० मन उत्पादन गरेको उहाँले बताउनुभयो । उहाँले विश्वभर कालो गहुँको माग बढेको भारतका साथीबाट सुनेर प्रेरित भई आफूले जिल्लामै पहिलो पटक यो गहुँ उत्पादन गरेको बताउनुभयो ।

उहाँका अनुसार केही वर्षअघि भारतका एक किसानले नयाँ अनुसन्धानपछि पत्ता लगाएको कालो गहुँ पहिलो पटक नेपाल ल्याएको हो । मध्यप्रदेशका किसान विनोद चौहानले प्रयोगका लागि कालो गहुँको खेती गरेको र हाल भारतको इन्दोरसहित नेपालमा पनि सफल उत्पादन भएको मेहताको भनाइ छ ।

मेहताले कालो गहुँको मागका बारेमा थाहा नभएकाले यसको बजार नभएको तर यसका उपयोगिताबारे थाहा भएपछि बिस्तारै विस्तार हुने बताउनुभयो । यस पटक उहाँले चार बिघामा एक क्विन्टल ४० केजी गहुँ छर्नुभएको थियो । उहाँले यस गहुँको बीउ प्रतिकेजीमा ३६५ रुपियाँमा किन्नुभएको थियो । त्यसबाट उहाँले ११२ क्विन्टल गहुँ उत्पादन गरिसक्नुभएको छ ।

जानकारहरूका अनुसार कालो गहुँमा एन्थोसायनिनको मात्रा सामान्य गहुँको तुलनामा प्रतिमिलियन १४९ बढी हुन्छ । योसँग उच्च जिङ्क तŒव पनि रहेको हुन्छ । कालो गहुँमा रहेको इथोसाइनिनको कारण सुगर फ्री हुन्छ । जानकारीअनुसार स्टार्च पनि कम हुन्छ । यस्तो अवस्थामा कालो गहुँको रोटी उपभोग गर्दा मधुमेहका बिरामीलाई फाइदा हुन्छ । कालो गहुँको रोटी खाँदा पाचन क्षमता पनि छिटो बढ्छ ।
विज्ञहरूले कालो गहुँका धेरै फाइदा भएको बताउँछन् । उनीहरूका अनुसार कालो गहुँमा अनुसन्धान अझै भइरहेको छ । यद्यपि यसमा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुन्छ । यसले क्यान्सरका बिरामीलाई फाइदा पु¥याउँछ । कालो गहुँ क्यान्सर रोकथाममा फाइदाजनक हुने विज्ञहरूको दाबी छ । यसले बोसोको मात्रा पनि कम गरी मोटोपन घटाउँछ । गोरखापत्र अनलाइनमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments