आज पनि ठूलो हावाहुरी चल्ने सम्भावना, सुरक्षित रहन आग्रह

काठमाडाैँ । गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ । बाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश– १ र २ मा ठूलो हावाहुरी चलेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार चट्याङ्गसहित यी क्षेत्रमा ठूलो हुरी बतास चलेको हो ।

अहिले प्रि-मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद् मानन्धरले बताउनुभयो । नेपालमा गएको मार्च महिनादेखि नै प्रि-मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । अबको केही दिन भने प्रि-मनसुन सक्रिय देखिने मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।

तर, प्रि-मनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाे उहाँकाे भनाइ छ । ठूलो हुरी चले पनि वर्षाको सम्भावना भने खासै देखिँदैन ।

आज र भोलि पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । प्रि-मनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुन्छ । गएरातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना यथावत नै छ ।

चट्याङ्ग र ठूलो हावाहुरीको सम्भावना रहेकाले सुरक्षित रहन मौसमविद्ले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments