सरकारको अनुदान कृषकले पाउन नसकेको गुनासो

कृषि क्षेत्रका विज्ञ तथा व्यवसायीहरुले व्यावसायिक कृषिका लागि उत्पादनमुलक कार्यक्रम र नीतिको खाँचो औल्याएका छन् ।

उनीहरुले कृषिको बजेट र अनुदानमा समानताको आवश्यकतामा पनि जोड दिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिवडा.योगेन्द्रकुमार कार्कीले मन्त्रालयले साना र सीमान्तकृत किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिरहेको बताए ।

उनले भने, “मन्त्रालयले १० लाखभन्दा कम रकम सहुलियत व्याजदरमा किसानलाई उपलब्ध गराउने विषयमा बैंकहरुसँग छलफल गरिरहेका छौं ।”कृषि बिमाको कभरेजलाई कसरी बढाउने भन्नेमा आफूहरु लागि परेको भन्दै सचिव कार्कीले कृषि ज्ञानकेन्द्रमार्फत यस विषयमा किसानलाई सूचना दिनुपर्ने बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहमा अनुदानको दायरा एउटै हुनुपर्ने भन्दै यसले एकरुपता आउने र दोहोरपना घट्ने बताए । उनले कोरोनाको कारण कृषिमा परेको असरलाई कसरी समेटेर लैजाने भनेर मन्त्रालयले योजना बनाएको बताए । विदेशी राष्ट्रले गरेका कृषिका प्राटिक्सलाई सिक्दै अगाडी बढाउँदै जानुपर्ने उनको भनाइ छ ।

उनले प्राङ्गारिक, जैविक मललगायतका कृषि सम्बन्धी राम्रा कार्यक्रमहरु आएपनि त्यो पर्याप्त नभएको बताए । सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट तुलनात्मक रुपमा सन्तोषणजनक रहेको उनको भनाइ छ । उनले आर्थिक अध्यादेश प्रमाणीकरमा सरकारले कृषकहरुलाई छुटको दायरा बढाएको बताए ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष तथा वरिष्ठ उद्यमी पवन गोल्यानले कृषि क्षेत्रमा साना किसानको विकासमा टेवा पु¥याउनु आवश्यक रहेको बताए । उनले सरकारले कृषिमा छुट्याएको बजेट वास्तविक कृषकसम्म पुग्न नसकोको बताए । कृषिमा सीप, मल, कृषियन्त्र, सिँचाइको अभाव र बजारीकरणको समस्या रहेको भन्दै उनले बजेट जतिसुकै आएपनि केही नहुने बताए ।

उनले कृषिको प्रशोधन, उत्पादन भएका वस्तुको बजारीकरणका लागि संरचना बनाउनुपर्ने बताए । कृषि कर्जा प्रवाहमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कृषिका लागि आन्दोलन नै आवश्यक भएको जोड दिए । “उत्पादन गर्ने व्यक्ति सबै समान छन्् सबै कुराको विकास भयो, तर उत्पादन र कृषिको व्यवसायमा विकास भएन, यसका लागि आन्दोलन नै गर्नु परेपनि म तयार छु ।”

वरिष्ठ कृषि उद्यमी गुणचन्द्र विष्टले कृषिको बजेट परम्परागत भन्दा माथि जान नसकेको बताए । उनले सरकारले ल्याएको बजेटमा पैसा थुपार्ने भन्दा केही नयाँ कार्यक्रम नदेखिएको उल्लेख गरे । “कृषिमा बजेट केही पनि छैन, ६० प्रतिशत कृषिमा आश्रित हुँदा बजेट ३ प्रतिशत पनि छैन” उनले भने । त्यस्तै कफी व्यवसायी महासंघका संस्थापक अध्यक्षएवं कफी उद्यमी ढकेश्वर घिमिरेले कफी क्षेत्रमा नीतिगत, अनुसन्धान तथा उत्पादन बढाउने विषयमा समस्या भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments