कृषि मल तथा अनुदानमा भएको भ्रष्टाचारको छानविन गर्न माग

विभिन्न वटा चार किसान संगठनले कृषि मल तथा अनुदानमा भइरहेको भ्रष्टाचारको छानविन गर्न माग गरेका छन् ।

आइतबार अखिल नेपाल किसान महासंघ (अप्पो), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघको भर्जुअल बैठकपछि विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । उनीहरुले कृषि मल तथा अनुदानमा भइरहेको ठूलो भ्रष्टाचारको छानबिन गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न किसानलाई सुलभ तरीकाले समयमै गुणस्तरीय मलखाद उपलब्ध गराउन र उत्पादन बढाउन माग गरेका छन् ।

समयमा मलखान उपलब्ध नगराउँदा उत्पादनमा हुन जाने क्षतिको किसानलाई पूर्ति गर्न माग गर्दै विज्ञप्तिमा बाढी पहिरोमा परेर नेपाली किसानको ठूलो जनधनको क्षति पुग्न गएकोले पीडित परिवारलाई पर्याप्त राहत प्रदान गर्न र किसानलाई जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गरी सुरक्षित बसोबासको व्यवस्था मिलाउन र किसनाहरुलाई वर्षेनी आउने बाढी पहिरोबाट जोगाउन ठोस कार्ययोजना ल्याउन भनिएको छ ।

विदेशमा अलपत्र किसानका छोराछोरीलाई बिनाशर्त र बिनाभेदभाव सुरक्षित स्वदेश फिर्ता ल्याउन तथा क्वारेण्टाइनमा राखेर निसंक्रमित भएपछि घर पठाउन पनि माग गर्दै कोभिड–१९ र बाढी पहिरोलगायत प्राकृतिक विपत्ति तथा किसानको खेतबारीमा तत्काल परेको समस्या समाधानका लागि पनि माग गरेको छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments