निशेधाज्ञामा पनि चिया उत्पादन

धनकुटा :कोरोना भाइरस र लकडाउनका कारण अघिल्लो वर्ष आफ्नो उत्पादन र निर्यात ६० प्रतिशतसम्म घटाएका धनकुटाका निजी र सहकारीमार्फत सञ्चालित चिया प्रसोधन उद्योग तथा किसानहरुले यो वर्ष भने लकडाउनको समयमा अन्य समयको जस्तै निरन्तर चिया उत्पादन गरेका छन् ।

जापान, जर्मनी, डेनमार्क, अमेरिका र अष्ट्रेलियालगायतका मुलुकमा अर्थोडक्स चिया निर्यात गर्दै आएका धनकुटाका निजी र सहकारीमार्फत सञ्चालित चिया प्रशोधन उद्योगले निरन्तर स्वाथ्य मापदण्डको पालना गर्दै उत्पादन गरिरहेको चिया तथा कफी विकास बोर्ड हिलेका लेखापाल रामकुमार लिम्बुले जानकारी दिए ।

“कोरोना संक्रमणका कारण चिया उत्पादन घटाउनु परेको छैन, निरन्तर उत्पादन र प्रशोधन भइरहेको छ” उनले भने । धनकुटाका ५ हजार किसान परिवार चिया खेतीमा संलग्न रहेका छन् भने करिब १० हजार ६७ रोपनीमा चिया खेती हुने चिया तथा कफी विकास बोड धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments