अलैंचीको मूल्य निरन्तर उकालो, प्रतिमन ३२ हजार रुपैयाँ

इलाम । इलाममा अलैंचीको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायीहरुको भनाइ छ ।

कोरोनाका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । तर, यस वर्ष त्यो अवस्था नभएको इलामका अलैची ब्यबसायी कृष्ण पौडेलको भनाई छ ।

पौडेलका अनुसार अलैंची चलनचल्तीको प्रतिमन ३२ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ । गत बर्ष अलैंचीको खपत हुने देशहरू कोभिडले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो ।

अलैचीको मुल्य राम्रो पाएपछि किसान समेत खुसी भएका छन् । तर यस बर्ष पनि गत साल जस्तै मुल्य नपाइने डरले प्राय धेरै किसानले यस अघि नै भएको अलैची बिक्रि गरिसकेका छन् ।

जिल्लामा गएको वर्ष १६ सय हेक्टर जग्गामा ५ लाख ७६ हजार मेट्रिक टन अलैची उत्पादन भएको सरकारी तथ्याङ्क छ । इलाम जिल्लामा अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैँची खेती हुदै आएको छ । -इमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments