बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने

दार्चुला: अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ ।

जिल्लाकै दुर्गम क्षेत्रको हिमाली गाउँपालिकामा कृषि र पशुपालनको राम्रो सम्भावना रहेको भन्दै बेरोजगारलाई यसतर्फ लक्ष्य गरी नीति कार्यक्रम ल्याइएको हो। गाउँपालिकाको १२औँ गाउँसभाले ‘समृद्धि र खुशी अपिका लागि जादुगरीका चार आधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन बोक्ने रोजगारीको दिगो पूर्वाधार’ भन्ने मूल नाराका साथ नीति कार्यक्रम सार्वजनिक गरेको छ ।

अहिले विश्व कोभिडको सङ्क्रमणमा रहेको बेला अधिकांश मानिस बेरोजगार बनेका छन्। कोभिडले रोजगारी गुमाएकालाई गाउँ फर्काएर रोजगारी दिने नीति लिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालनतर्फ आत्मनिर्भर गराउने उद्देश्य राखेको छ ।

गाउँपालिकाभित्रका बेरोजगारहरूको लगत सङ्कलन गरी पालिकाभित्र रोजगार बैंक स्थापना गर्ने गाउँपालिकाको नीति कार्यक्रम रहेको छ। बेरोजगारलाई भौतिक पूर्वाधारमा रोजगार दिलाउने गाउँपालिकाले जनाएको छ। यस्तै, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत १०० जनालाई रोजगार दिलाइने योजना गाउँपालिकालको छ ।

कोभिड–१९ का कारण समस्यामा परेकालाई आयआर्जनमुखीतर्फ आत्मनिर्भर बनाउने गाउँपालिकाको नीति छ। ‘हाम्रो गाउँ हाम्रो ठाउँ, बाँझो जमीन रहने छैन कुनै ठाउँ’ भन्ने नारालाई आत्मसात् गर्दै महामारीमा गाउँ फर्किएकालाई रोजगारी सुनिश्चितता हुने नीति समेटिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।

गाउँपालिकाले कृषि आधुनिकीकरण कार्यक्रममार्फत ‘एक बस्ती, एक उत्पादन’ कार्यक्रम लागू गर्नेछ। किसानको बाली बीमामा जोड दिइने छ। किसानको उत्पादनलाई कृषि उपज सङ्कलन केन्द्र, प्याकेजिङ, लेबलिङ तथा बजारीकरणमा सहजीकरण गरिने उल्लेख छ। आधुनिक ओखर, स्याउ, अमिलो जातका फलफूलका विरुवाहरु वितरण गरिने र व्यावसायिकतामा जोड दिइने नीति लिइएको छ ।

गाउँपालिकाको मुख्य उत्पादनका रूपमा रहेका रैथाने बाली (राजमा, जौ, कोदो, फापर आदि), मसला बाली रायो, लसुन, बेसार, अदुवा, प्याज, धनियाको संरक्षण, आधुनिकीकरण तथा व्यावसायिकरण गर्ने नीति अवलम्बन गरिएको छ। पशुपालनमा जोड दिन भेडाबाख्रा संरक्षण कार्यक्रम, तथा भेडा प्रवर्धन गरिने छ ।

सबै वडामा भेटेरिनरी शाखा विस्तार गरिने नीति छ। यस्तै, कोभिडका कारण बेरोजगारी भएका कृषकलाई पशुपालनमा आत्मनिर्भर बनाई आयआर्जनमा वृद्धि गर्न किसानहरू ‘गरे सिक्छन् देखे विश्वास गर्छन्’ भन्ने कुरालाई पुष्टि गर्न एक वडा एक उत्पादन कार्यक्रम लागू गरिने भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments