रैथाने धान भन्दा हाइब्रिड नै कृषकको रोजाइ

जिल्लामा पछिल्लो समय रैथाने धान भन्दा पनि हाइब्रिड धानमा कृषकको आकर्षण बढ्दै गएको छ । कुनै सयममा दाङ जिल्ला तिल्की धान मनसुली सिम्ठारो लगायतको धानको चामल र धान खेतीका लागि प्रख्यात थियो । तर पछिल्लो समय किसानले रैथाने जातका धानहरु रोप्नै छाडेर उन्नत जातका धान रोप्न थालेका छन् । अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुली लगायतका धान रोप्ने गर्दथे ।

पछिल्लो समयमा हाइब्रिड धानको बीउ प्रयोगमा आएपछि रैथाने धान लोप हुन थालेको किसान बताउँछन् । स्थानीय निकायहरुले भने रैथाने जातको धान लोप हुन लागेको भन्दै त्यसलाई बढवा दिन वर्षेनी नीति कार्यक्रमका साथै बजेट पनि ल्याउने गरेका छन् । नीति कार्यक्रम तथा बजेट ल्याए पनि रैथाने जातको धान रोप्न तथा लगाउनतर्फ किसानहरुले चासो नदिने गरेको कृषि विज्ञहरु बताउँछन् ।
वषैनी पालिकाहरुले उन्नत बीउ विजन उत्पादनका लागि बीउ विजन उत्पादन केन्द्रको स्थापनाका गर्न आवश्यक बजेटको समेत व्यवस्था हुने गरेका छ । धेरै उत्पादन कम मेहनतमा अन्य हाइव्रेड धानको उत्पादन बढी हुने भएकाले रैथाने तिर किसानहरुको आक्रसन घटेको स्थानीय रेशमबहादुर खड्काले बताए । “देउखुरीमा सिम्ठारो तिल्की धान हामी सबैले लगाउने गरेका थियौं, आजभोलि सबैले हाइब्रिड लगाउन थालेपछि रैथानी जातको धान लोप हुने अवस्थामा छ” खड्काले भने । उनले धेरै मेहनत र उत्पादन कम हुने भएकाले सबैको आकर्षण हाइब्रिड र उन्नत जातको धानमा जाने गरेको उनले बताए ।

त्यस्तै तुलसीपुरको सुकौरा, तुलसीपुर उपमहानगरपालिकाको पातुखोला गनारीमा तिल्की धान लगाउने किसानहरुले पनि अहिले अन्य धानहरु लगाउने गरेका छन् । यहाँका किसानले साबित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, यूएस ३ सय १२, लगातका जातका धान लगाउँदै आएका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुख्खा–३ जातका धान लगाउने गरेका छन् । रैथाने धान माछापालन राधा सात, मन्सुली, तिल्की जस्ता धानले कम उत्पादन दिने भएकाले हाइब्रिड जातका धान रोप्ने गरेको किसान बताउँछन् ।

“रैथाने जातको धानमा उत्पान कम हुन्छ, रोग किराको प्रकोप पनि त्यतिकै छ, मेहनत पनि छ” कृषक सुन्दरकुमार चौधरीले भने । उनले हाइब्रिड जातको धान धेरै उत्पादन हुने र त्यसको प्रचारप्रसार बढी हुने भएकाले पनि सबै गाउँलले पुरानो रैथाने भन्दा पनि हाइब्रिड लगाउने गरेको बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाले गत वर्ष झैं यस वर्ष पनि रैथाने बीउ विजन, स्थानीय पशुपंक्षीको संरक्षण गर्दै बीउ उत्पादन गर्ने कृषि समूह तथा सहकारीलाई अनुदान प्रदान गर्न १६ लाख बजेट व्यवस्था गरिएको छ । घोराही उपमहानगरपालिकाले पनि कृषकहरुलाई मुल बिउ, उन्नत बिउ एवं कृषि यान्त्रिकरणमा अनुदान, पशु व्यवसायमा नश्ल सुधार एवं अनुदान लगायतका कृषक अभिप्रेरित कार्यक्रमले कृषि पेशालाई आकर्षित एवं सम्मानित पेशाका रुपमा स्थापित गर्न मद्दत पुग्ने गरी बजेट र नीति कार्यक्रम ल्याएको छ । त्यस्तै अन्य पालिकाहरुले पनि रैथाने जातको धान तथा अन्य बीउ उत्पादनलाई बढावा दिने कार्यक्रम ल्याउने गरेका छन् ।

स्थानीय निकायहरुले ती कार्यक्रम ल्याए पनि त्यसको उपलव्धी भने हुन सकेको छैन् । नीति तथा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन र उपलव्धी मापन पनि नहुँदा रैथानेको संरक्षण हुन सकेको छैन । गत वर्ष उन्नत जातका धानको बीउ अनुदानमा वितरण गरेका पालिकाहरुले यस वर्ष भने कोरोना महामारीका कारण लकडाउनका भएका कारण उन्नत जातको धान अनुदानमा वितरण भने हुन सकेको छैन ।

जिल्लामा मा धान खेती हुने कुल जमिन ३९ हजार ९ सय ८० हेक्टर रहेको छ । दाङमा बाह्रै महिना सिँचाइ हुने क्षेत्र १९ हजार ६ सय ५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । रैथाने जातको धानलाई हेर चाह र बढी सिँचाई आवश्यक पर्ने भएकाले पनि त्यस तर्फ किसानहरुको खासै आकर्सित हुन नसकेको बताएको छ । “धेरै जसोको रोजाई हाइब्रिडमा छ, केहीले उन्नत जातको धान पनि लगाउनु हुन्छ रैथाने जातको धान लगाउने किसानहरुको संख्या न्यूनमात्रमा छ” कृषि प्राविधिक माधव केसीले भने ।

उनले परिमार्जन रैथाने र उन्नत जातमा प्राविधिक ज्ञान नहुँदा समस्या भएको बताए । किसानहरुले गाउँगाउँमा प्रचार प्रसार नएका कारण पनि रैथानेमा आकर्षण नभएको उनको भनाइ छ । हाइब्रिडको धेरै प्रचार प्रसार प्रत्यक्ष किसानसँग जोडिने भएकाले पनि आकर्षण बढेको उनले बताए । स्थानीय तहहरुले नीति कार्यक्रम ल्याएपनि यसको प्रचार प्रसार र किसानलाई यस बारे बुझाउन नसक्दा रैथाने जातको धानप्रति आकर्षण घटेको बताइएको छ । प्राविधिक केसीले बीउ विजिन त्यतिकै बाँडेर नहुने भन्दै दीर्घकालीन रुपमा किसानहरुलाई तालिम, सेमिनार गोष्ठीहरु गराउन नसक्दा कार्यक्रम उपलब्धीमूलक र सोचे अनुरुप हुन नसकेको बताए। -कारोबारदैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments