उत्कृष्ट दुई जना कृषक पुरस्कृत

जुम्ला । गुठीचौर गाउँपालिकाका दुई जना कृषक पुरस्कृत भएका छन् । व्यावसायिक रुपमा उत्कृष्ट कृषकलाई सम्मान गरिएको हो ।

गाउँपालिकाको कृषि शाखाले गाउँपालिका भित्रका एक जना पुरुष र एक जना महिला किसानलाई उत्कृष्ट किसानको रुपमा पुरस्कृत गरेको कृषि शाखा गुठीचौरका प्राविधिक सहायक उमेश न्यौपानेले बताए ।

पुरस्कृत हुनेमा गुठीचौर गाउँपालिका–५ धितागाउँका व्यावसायिक भैँसीपालन कृषक विष्णु धिताल र वडा नं ४ की स्याउ किसान ऐना न्यौपाने रहेका छन् । उत्कृष्ट कृषकलाई रु ११ हजार २२५ उपलब्ध गराएको हो । दुवै जनालाई गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले प्रमाणपत्रसहित नगद प्रदान गरी सम्मान गरेका हुन् ।

किसानलाई प्रोत्साहन गर्नका लागि यस्तो प्रकारको पुस्कार सरकारले गरेकोमा निकै प्रभावकारी भएको गुठीचौर गाउँपालिका प्रमुख धनप्रसाद पाण्डेले बताए । पछिल्ला समयमा किसानलाई पुरस्कृत गर्ने कार्यक्रमले उत्साहित बनाउँदै आएको छ । हरेक स्थानीय तहले यस्ता कार्यक्रमको निरन्तरता हुनुपर्ने किसानले बताएका छन् । आफूले गरेको मिहिनेतमा गाउँपालिकाले मूल्याङ्कन गरेकोमा खुशी व्यक्त गर्दै पुस्कृत भैँसीपालक किसान विष्णु धितालले धन्यवाद ज्ञापन गरे । उनले सरकारले राष्ट्रि«यस्तरमा समेत आफ्नो मूल्याङ्कन गर्ने आशा गरेको बताए ।

किसान धितालका ११ वटा दूध दिने भैँसी छन् । उनको मासिक आम्दानी रु १० लाख रहेको छ । कोरोनाका कारण लकडाउने यो दुई महिनामा भने घाटा लागेको धितालले बताए । यस्तै स्याउ किसान ऐना न्यौपाने गाउँपालिकाको राम्रो स्याउ किसान भएको गाउँपालिकाले जनाएको छ । स्याउ किसान उपाध्यायको वार्षिक आम्दानी रु पाँच लाख रहेको छ ।

अहिले ३०० स्याउका बिरुवा रहेका र १५० बिरुवा स्याउ फल्ने गरेको कृषि शाखाले जनाएको छ । उत्कृष्ट किसानलाई जिल्लाले पनि पुरस्कृत गर्ने व्यवस्था गरेको छ । ती किसानमध्ये जिल्ला र प्रदेशमा पनि पुरस्कृत हुने व्यवस्था रहेको कृषि विकास कार्यालय जुम्लाका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments