नेपालीको महत्वपूर्ण खाना खीर बनाउने सजिलो तरिका

आवश्यक सामग्री (५ जनाको लागि) :

चामल (ताइचिन) — ३ कप (चिया कपको, केलाएर पखालेको)
नरिवल — १५ ग्राम (सानो टुक्रा बनाएको)
किसमिस — १५ ग्राम
गाईको दूध — आधा लिटर
बट्टाको दूध — १ क्यान
मख्खन — २५ ग्राम
सुकुमेल — १० दाना (पेष्ट बनाएको)
जाईफलको धूलो — आधा चम्चा (सानो चम्चाको)
चिनी — २०० ग्राम
वटर — १०० ग्राम

बनाउने विधि :

कुकरमा दूध तताउने । चामल राखेर बिर्को बन्द गरी दुई पटक प्रशेर पूरा भएपछि झिक्ने ।

सेलाएपछि बिर्को खोलेर बट्टाको दूध, चिनी, मख्खन, वटर, जाइफल र अन्य मसला राखेर राम्ररी चलाई विर्काे नलगाई २० मिनेट पकाएपछि खीर तैयार हुन्छ ।

यदि ओभन छ भने १० मिनेटपछि झिकेर एउटा डिसमा राखी ओभनमा १० मिनेट जति राख्यो भने खीर अतिनै मीठो हुन्छ ।

‘सजिलो कुकिङ’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest