नेपालीको मौलिक खाना ढिँडो र सिस्नु बनाउने तरिका

आवश्यक सामग्री :
सिस्नु – २ के.जी.
मकैको पीठो – १ के.जी.
नुन खुर्सानी – स्वाद अनुसार
टिम्मुर – १५ ग्राम (पिसेको)
लसुन ठूलो – १ पोटी पिसेको
सिस्नुको लागि मकैको पिठो – ३० ग्राम
पानी – २.५ लिटर
ज्वानो – २ चिम्टी

बनाउने तरिका :

– कराहीमा पानी राखेर चुल्होमा बसाउने । उम्लिएपछि सिस्नु त्यसैमा राखेर छोपिदिने ।

– पाकेपछि टिम्मुर, पिठो, लसुन र नुन राखेर फिर्केले फिटेर लेदो बनाउने ।

– फ्राईप्यानमा घ्यु तताउने । ज्वानो पड्काएर झानिदिने र झिकेर वाटामा खन्याएर राख्ने ।

– बाक्लो कराहीमा ढिँडोको पानी बसाउने । ठूलो चम्चाको एक चम्चा पिठो राखिदिने यसले पानीको सतह ढाक्छ । पानीको वाफ उड्न नपाएपछि पानी छिटो उम्लिन्छ र इन्धनको पनि बचावट हुन्छ ।

– पानी उम्लिएपछि आँच घटाई पिठो अलि अलि राख्दै चलाउँदै जाने । पिठो सकिएपछि करिब दश मिनेट बाक्लो पन्युले मस्काई रहने ।
जब कराहीमा मांम्री बस्न थाल्छ । तब ढिँडो पाकेको मानिन्छ । ढिँडो प्लेटमा पस्कने । सिस्नु कचौरामा लिने र ढिँडो चोप्दै हरियो खुर्सानी टोक्दै खानु पर्दछ ।

– सिस्नु नेपालको दूर्गम गाउँको लोकप्रिय तरकारी हो । यस्तो खाना ज्यादै पौष्टिक र ग्यास्टिक तथा सुगर हुनेहरूको लागि ज्यादै उपयोगी हुनुको साथै यसले मोटोपन कन्ट्रोल गर्न मद्दत गर्दछ ।

(आजकल बजारमा सिस्नुको पाउडर पाइन्छ । सबै ठाउँमा ताजा सिस्नु पाउन सकिँदैन ।)

‘सजिलो कुकिङ’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments