मौरी किसान : धादिङमा चर्छन् चितवनका मौरी

धादिङ: वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका मौरी किसान मौरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन् ।

मौरीलाई चाहिने फूलको रस नभएका कारण मौरीको घार बोकेर किसान धादिङको गजुरी गाउँपालिकाको बन्सेटारमा आएको हुन् । बन्सेटार र गल्छी गाउँपालिकाको बैरेनीमा बाँझो जग्गा भाडामा लिएर मौरीको घार राखिएको छ ।

चितवनमा विगत १८ वर्षदेखि मौरीपालन गर्दै आएका ७० वर्षीय अशोक बस्नेत अझै जोस् र जाँगरका साथ मौरी चराउँदै हिँडिरहेका छन् । उनीसँगै अर्जुन कार्की, सुरेश बस्नेत र कुमार कार्कीसमेत ४५० घार मौरी लिएर चराउन आएका छन्।

धादिङमा मेलिफेरा जातको मौरीका लागि उपयुक्त स्थान भएकोले मौरी चराउन ल्याएको बन्सेटारमा भेटिएका अर्जुनले बताए । धादिङमा चराउन ल्याइएका मौरी भदौसम्म राखिने उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments