आजको मौसम: देशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ: आज देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोकाले यसको प्रभाव तराई भेगमा बढी पर्ने शाखाले जनाएको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

पहाडी भू– भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments