तरकारीको मुल्य ह्वात्तै बढ्याे

बुटवल – रुपन्देहीमा तरकारीको मुल्य ह्वात्तै बढेकाे छ। अाउँदै गरेकाे तिज र चाडपर्वहरुकाे मौका छोपेर व्यापारीहरुले मुल्य अचाक्ली बढाएका हुन्। बर्षाका कारण आन्तरिक उत्पादन घटेका बेला तरकारीको माग अत्यधिक बढेको व्यापारी बताउछन्। ‘भाउ सोध्नु भन्दा पहिले तरकारी छ छैन भनेर बुझनुपर्ने अवस्था छ’ बुटवल सुख्खानगर भाटभटेनी लाइनकी व्यापारी मिना रानाले भनीन् ‘अहिले जता सुकै तिजको दर खुवाउँदा तरकारी धेरै बिक्रि भएको हो।
माग अनुसारको आपुर्ती हुन नसकेको भन्दै बिचौलीया र व्यापारीको मिलेमतोमा मुल्य दोब्बर बढाइएको छ। चाडपर्वको मौका छोपेर गरीएको मुल्य बृद्धिले आम सर्वसाधारण मर्कामा परेका छन्। बुटवल १० दिपनगरकी राधा ज्ञवालीले तरकारीको मुल्य छोइनसक्ने गरी बढेपछि चाडपर्व कसरी मनाउने भन्ने चिन्ता थपिएको बताइन। ‘महङ्गी बढेपनि चलन अनुसार चाडपर्व मनाउनै पर्छ, तर हरीयो तरकारी नै दुइ सय रुपैयाँ किलो पुगेपछि चाडपर्व मनाउनै गाह्रो भएको छ’ ज्ञवालीले भनीन्।

माग र आपुर्तीको तालमेल नहुँदा १५/२० रुपैयाँ मुल्य बढ्नु स्वभाविक भएपनि एकैपटक दोब्बरले बढाउनु कालोबजारी भएको बताउछन उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष लक्ष्मण बैदवार। बुटवल भैरहवाको बजारमा अहिले तरकारीको मुल्य तीन गुणा सम्म बढाएर कालोबजारी गरीएको उनले बताए। बिभिन्न बहानामा व्यापारीहरुले तरकारी, गेडागुडी तथा खाद्यान्नको मुल्य अत्यधिक बढाउँदा अनुगमन गर्ने निकायले भने कुनै चासो दिएको छैन। बजार अनुगमन नहुँदा बिचौलीया र व्यापारीको मिलेमतोमा तरकारीको मुल्य आकासिएको मञ्चका अध्यक्ष बैदबारले बताए।

रुपन्देहीमा भदौ पहिलो साता सम्म ८० रुपैयाँ प्रतिकेजी मुल्य रहेको सिमी अहिले २ सय रुपैयाँ पुगेको छ। यस्तै बाेडी १ सय, टमाटर ६०, तिते करेला १२० , काउली १५०, घिरौला ८०, भिण्डी ८०, काक्रा १ सय, मुला १ सय, लौका ८०, परवर १२०, हरीयो खुर्सानी १८० , सिमला खुर्सानी डेढ सय प्रतिकेजी पुगेकाे छ भने अालु ४० देखी ५० प्रतिकेजी रुपैयाँमा विक्री भइरहेकाे छ। यस्तै हरीयाे सागकाे भाउ समेत अाकासिएकाे छ। हरीयाे साग प्रति मुठा ४०/५० रुपैयाँ पुगेकाे छ।यस्तै यसअघि १ सय ३५ रुपैयाँ पर्ने तोरीको तेल बढेर १ सय ५५ र १ सय ४० प्रतिलिटरको सन फ्लावर तेल १ सय ६० रुपैयाँ पुगेको छ।

बुटवल भैरहवाको थोक बजार केन्द्रमै तरकारीको मुल्य बढेकाले फुटकर मुल्यपनि बढेको व्यवसायी मिना रानाले बताइन। यता थोक बिक्रेता भने बुटवल भैरहवामा मात्रै नभइ देशैभर तरकारीको मुल्य बढेको बताउछन्। बर्षाको समयमा आन्तरिक उत्पादन घट्दा चाडपर्वमा माग बढ्नु र भारतीय तरकारीको मुल्य पनि बढेकाले देशैभर मुल्य बढेको व्यवसायी कुलचन्द्र घिमिरेले बताए। ‘तत्काल तरकारीको उत्पादन बढ्ने सम्भावना पनि नरहने र चाडपर्वमा माग पनि नघट्ने भएकाले मुल्य घट्ला जस्तो लाग्दैन’ घिमिरेले भने।

सम्बन्धित व्यापारीले तरकारीको मुल्य बढ्नुमा बर्षा र चाडपर्वलाइ दोष दिएपनि आम उपभोक्ता भने पसलै पिच्छे व्यापारीले मनाेमानी मुल्य तोकेको गुनासो गर्छन। बुटवल भैरहवा तथा अन्य क्षेत्रका पसलहरुमा थोक मुल्य भन्दा झण्डै दोब्बर मुल्य तोकीएको उपभोक्ताको गुनासो छ।

nagariknews.nagariknetwork.com

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments