किसानको समस्या: जंगली हात्तीका कारण पाक्न लागेको धान नष्ट

सर्लाही : जंगली हात्तीले सर्लाहीको ईश्वरपुर नगरपालिकाका विभिन्न स्थानमा किसानको पाक्न लागेको धान नष्ट गर्दा किसानलाई समस्या परेको छ ।

दिनभर नजिकैको जंगलमा बस्ने हात्तीले रात परेपछि किसानको खेतमा पसेर मुखैमा धान बाली नष्ट गर्ने गरेको छ । थाल भाँडा ठटाउने र आगो बाल्ने गर्दा पनि हात्तीहरु अटेरी भई धान खाइदिने गरेको स्थानीय किसानहरुले बताएका छन् ।

हात्तीले सागरनाथ वन विकास परियोजनाको जंगलसँगै टाँसिएको श्रीनगर, हरकठवा, सागरनाथ लगायत क्षेत्रमा बालीनाली नष्ट गर्दै आइरहेको छ ।

सर्लाहीमा ४ महिनाअघि आएका तीनवटा हात्ती, आएको ठाउँतिर फर्किएर गएका छैनन् । ती हात्तीले सागरनाथ र बाँके जंगलमा बसेर किसानको अन्नबाली खाइदिने, घरका बेराघेरा भत्काउने गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments