दशैं नजिकिएसँगै ग्रामीण बजारमा खसीबोका व्यापारी बढे

धनकुटा : दशैं नजिकिएसँगै खसी बोका खरिदका लागि व्यापारीहरू धनकुटाका ग्रामीण बजारमा पुग्न थालेका छन् ।

धनकुटाका ग्रामीण क्षेत्रमा लाग्ने बजारमा सदरमुकामसहित बाहिरी जिल्लाका व्यापारी खसीबोका खरिदका लागि पुग्न थालेका हुन् ।

ग्रामीण क्षेत्रमा लाग्ने साप्ताहिक तथा पाक्षिक बजारमा सदरमुकाम र ठूला शहरको तुलनामा केही सस्तो मूल्यमा खसीबोका पाइने भएकाले ग्रामीण क्षेत्रको हाटबजार आएको व्यापारीहरूले बताएका छन् ।

पछिल्ला वर्षमा धनकुटाबाट खसीबोका निर्यात बढेको अनुमान गरिए पनि खसीबोकाको स्वास्थ्य जाँच भने हुने गरेको छैन ।

धनकुटाबाट दशैंको समयमा धरान, इटहरी, विराटनगर र दमकलगायतका पूर्वी शहर तथा संघीय राजधानी काठमाडौंसम्म खसीबोका निर्यात हुने गरेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments