खाद्यले शुक्रबारदेखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने ,च्याङ्ग्रा विक्रि नगर्ने

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी शुक्रबारदेखि (असोज २२) खसीबोकाको बिक्री वितरण सुरु गर्ने भएको छ ।

कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ ।गत वर्ष एक हजार वटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै विक्रि वितरण गर्न लागेको हो ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर, यस बर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा विक्रि वितरण नगर्ने बताएको छ ।

कम्पनीले विगतमा नीजि क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रुपैयाँ मूल्य घटाएर खसि बोका विक्रि गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments