तरकारी तथा फलफूलको आजको मूल्य :पुदीना प्रतिकेजी रू.८५०,कुरीलो के.जी.रू.११००
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५., अनारको प्रतिकेजी मूल्य ३२५, अम्बा प्रतिकेजी ९५,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४७.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ६० रुपैयाँ,गुन्दुक प्रतिकेजी १७५ रुपैयाँ ,लोकलकाक्रो ३५ रुपैयाँ, कुरीलो प्रतिकेजी११०० रुपैयाँ ,कागती प्रतिकेजी १९० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी ३५०,केरा प्रतिदर्जन ९५. रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, च्याउ डल्ले २९० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी