तरकारी तथा फलफूलको आजको मूल्य:कुरीलो प्रतिकेजी रू. ९००,डल्ले च्याउ रू.३७५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५, अनारको प्रतिकेजी मूल्य ३६५, अम्बा प्रतिकेजी ११०,आलु रातो प्रतिकेजी मूल्य ६६.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ८० रुपैयाँ,गोलभेडा ठूलो(नेपाली)प्रतिकेजी ९५,गोलभेडा सानो(लोकल) ६५,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ७५ रुपैयाँ, कुरीलो प्रतिकेजी ९०० रुपैयाँ ,कागती प्रतिकेजी १४० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी २२५,केरा प्रतिदर्जन ११५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, च्याउ डल्ले ३७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी