तरकारी तथा फलफूलको आजको मूल्य:गुन्दुक प्रतिकेजी रू.२४०,टाटे सिमी रू.११०
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनारको प्रतिकेजी मूल्य ३४० अमला प्रतिकेजी ६५,आलु रातो प्रतिकेजी मूल्य ६२.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ११० रुपैयाँ,गोलभेडा ठूलो(नेपाली)प्रतिकेजी ८५,गोलभेडा सानो(लोकल) ७५,गुन्दुक प्रतिकेजी २४० रुपैयाँ ,लोकलकाक्रो ११५ रुपैयाँ, कुरीलो प्रतिकेजी ८५० रुपैयाँ ,कागती प्रतिकेजी १४० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी २७५,आभोकाडो २७५,केरा प्रतिदर्जन ११५ रुपैयाँ, अकबरे खुर्सानी ११५ रुपैयाँ, च्याउ डल्ले ३४५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी