तरकारी तथा फलफूलको आजको मूल्य : मटरकोशा प्रतिकेजी रू.१४५,स्थानीय काउली रू.४०
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार प्रतिकेजी मूल्य ४२५, अमला प्रतिकेजी ९५, आलु रातो प्रतिकेजी मूल्य ५१, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ४० रुपैयाँ,नेपाली गोलभेडा ठूलो ११५, गोलभेडा सानो(लोकल)६५, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ४५ रुपैयाँ, कुरीलो प्रतिकेजी १३०० रुपैयाँ ,कागती प्रतिकेजी ११० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी २२५, आभोकाडो २७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, अकबरे खुर्सानी १३० रुपैयाँ, च्याउ डल्ले ३९० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी